०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

दाता विरामी हुँदा पनि राेकिएन वितरण कार्यक्रम

गाेयलकाे अनुपस्थितीमै शुक्रवार १४ परिवारलाई खाद्यसामग्री र शनिबार ६० जनालाई कम्बल वितरण
Logo
खेम पाैडेल प्रकाशित आइतबार, पुष २९, २०८०

विर्तामाेड,पुष २९। विराटनगर निवासी समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर स्थित “ओमप्रकाश गोयल कोलोनी”का परिवारलाई खाद्यसामग्री प्रदान गरेका छन् ।
उनले शुक्रबार कोलोनीमा बसोबास गर्दै आएका १४  परिवारका लागी माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गरेका हुन् ।

स्वास्थ्यमा समस्या आएका कारण गाेयल स्वयम् भने वितरण कार्यक्रममा उपस्थित हुन सकेनन् । गाेयल नआउने भएपछि खाद्यसामग्री वितरण कार्यक्रम करिब करिब स्थगननै हुने अवस्थामा पुगेकाे थियाे । तर गाेयलले “मलाई नामभन्दा काम मतलब छ” भनेपछि उनकाे अनुपस्थितीमै निर्धारित मितीमै वितरण कार्यक्रम हुन पुग्याे । गोयलका प्रतिनिधिका रूपमा  गौतमबुद्ध स्कुलका प्रधानाध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुन्डुले  खाद्यसामग्री वितरण गरेका थिए । कार्यक्रममा प्रति परिबार चामल २५ किलाे, मसुरो दाल ३ किलाे, आलु ५ किलाे, नुन ५ किलाे, सखर ३ किलाे र भुजा किलो प्रदान गरिएकाे थियाे । त्यस्तै तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो ।

समाजसेवी गाेयलले नै गत वैशाखमा  १ कराेड खर्चेर ”ओमप्रकाश गाेयल काेलाेनी” निर्माण गरेका थिए । स्वर्गीय दाजु ओमप्रकाशकाे नाममा समाजसेवी गाेयलले साे काेलाेनी निर्माण गरेका थिए । नगरपालिकाको समन्वयमा उक्त स्थानलाई समेत ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ । साे कार्यक्रम वडाध्यक्ष रतिया राजवंशीका अध्यक्षतामा सम्पन्न भएको थियो ।

शनिबार पनि गाेयलले सुनसरी छिटाहाका ६० घर ऋषिदेव परिवारका महिला तथा वृद्धहरुलाई अम्बे मुरारी सेवा केन्द्रमार्फत ६० थान कम्बल वितरण गरेका थिए ।
पछिल्लाे समय तराईमा सित लहरसँग जाडाे बढेपछि अम्बे मुरारी सेवा केन्द्रले साे ऋषिदेव बस्तीमा कम्बल वितरण गर्ने निधाे गरेकाे थियाे । गाेयलकाे सहयाेगमा स्राेत जुटाउन सफल भएकाले केन्द्रले दातालाई धन्यवाद समेत व्यक्त गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]