०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

डाक्टर र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुराे रहँदैन : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, माघ ०१, २०८०

विराटनगर,माघ १। काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् ।

हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज पछि परेकाे छ,` उनले भने, ´अहिलेसम्म हुँदै आएकाे भाैतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षकाे बजेटबाट मानवीय विकास सुरू गरेका छाैं ।`

प्रदेश सरकारले प्रत्येक पालिकामा गरीव र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छाेराछाेरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सूरू गरिसकेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गरीव परिवारका जेहेन्दार विद्यार्थीकाे चिकित्सा शिक्षा र इञ्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुराे रहँदैन,` उनले भने, ´त्यसकाे लागि प्रदेश सरकारले छात्रवृतिकाे व्यवस्था गरेकाे छ । चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबीबीएस र इञ्जिनियर पढाउन सुरू गरिरहेकाे छ ।`

प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमकाे याेजना कटाैति गरेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´गाउँकाे मन्दिर छाेडेर पाथिभारा, बराह क्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेकाे छ,` उनले भने, ´त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने याेजना कटाैति गरेर पाथिभारा, हलेसी र बराह क्षेत्रमा बजेट राखेका छाैं । बर्जुलाई सहर बनाउन केसलीया काेरिडाेर निर्माण सुरू गर्न लागेकाे छु ।` बर्जु तालकाे पानी देखाएर हाेइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने याेजना ल्याउन लागेकाे उनकाे भनाइ थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]