०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

उद्योग र शैक्षिक क्षेत्रवीच विराटनगरमा अन्तरसम्वाद

Logo
निरज बस्नेत प्रकाशित शनिबार, माघ १३, २०८०

 माघ १३, विराटनगर
उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, नीजि क्षेत्र र आम नागरिकको एकिकृत दृष्टिकोणको आवश्यकता रहेको औल्याएका थिए । उनीहरुले मुलुकको आर्थिक एवं औद्योगिक समृद्धिका लागि सबै पक्ष वीचको सहकार्यको आवश्यकता हुने वताए ।

सहभागि विद्यार्थीले आर्थिक विकास र नया रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्ने धारणा राखेका थिए । नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलश्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचूर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्षेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने धारणा व्यत्ति गरे ।

व्याख्यात्मक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग र शैक्षिक क्षेत्र वीचको निरन्तर सम्वादले आर्थिक विकासको नया क्षेत्र र सम्भावना पहिल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले सहभागि विद्यार्थीलाई देश मै स्वरोजगार भई रोजगारीका नया अवसरहरु सृजना गर्ने क्षमता विकास गर्न अनुरोध गरे । युवा पुस्ताले नया सोच र अवधारणाका साथ प्रारम्भ गरेको स्र्टाटअपहरुले विश्व आर्थिक मंचमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सोही अनुरुपको नया सोचका साथ स्वदेश मै उद्योग व्यवसायका क्षेत्रमा युवाहरु आउनुपर्ने विचार व्यक्त गरे ।

प्रत्येक सहभागिलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिईएको थियो । कार्यक्रममा वाल कल्याण विद्या मन्दिरकी स्विकृती अधिकारी प्रथम, आदर्श उच्च मा.वि.का सुजन खत्री दोश्रो र सत्यनाराण उच्च मा.वि की सिवानी राउत तेश्रो भएको थिईन ।

उपप्रँध्यापक डा. चन्द्र तिम्सिना, युवा व्यवसायी अभिनायक मल्ल र संचारकर्मी अनन्त न्यौपाने निर्णयक प्यानलमा रहनु भएको कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो हुन सफल विद्यार्थीलाई नगद रकम सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]