०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

गाेयलद्वारा मानव सेवा आश्रमलाई ५ लाख सहयाेग

Logo
दिनेश खड्का प्रकाशित बुधबार, माघ १७, २०८०

विराटनगर,माघ १७ । विराटनगरका समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । २३ करोडको लागतमा विराटनगर वडा न‌ं ५ मा आश्रमको  सुविधा सम्पन्न भवनहरु बन्दैछ । साेही भवन निर्माणकाे लागी गाेयलले आश्रमलाई सहयाेग प्रदान गरेका हुन् ।

मंगलबार गाेयलले आश्रमका अध्यक्ष लिला ढुंगेललाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साे रकमसँगै आश्रमलाई पुग्ने गरी एक महिनाकाे रासन समेत गाेयलले उपलब्ध गराएका छन्।

याे पनि पढ्नुहाेस :

दाता विरामी हुँदा पनि राेकिएन वितरण कार्यक्रम

गोयलद्वारा झापाका विद्यार्थीलाई सहयाेग : २ सय जनालाई न्यानाे कपडा, १५ जनालाई छात्रवृत्ति

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]