०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, माघ २२, २०८०

धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी लगायत वितरण गरिएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलले जानकारी दिए । सो अवसरमा एमाले अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, निर्वाचन आयोग सदस्य मानवी तामाङ, प्रदेश कमिटी सदस्य नारायणकुमार आठपहरिया, जिल्ला कमिटीका सल्लाहकारहरू भेषराज कटेल, रमेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष कटेल लगायतले बिरामीलाई फलफूल प्रदान गरे ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, जिल्ला अस्पतालका प्रमुख डा.अमिताभ ठाकुर लगायतले पनि बिरामीलाई फलफूल वितरण गरेका थिए ।

यसैबीच, स्थापना दिवसकै अवसर पारेर धनकुटा नगरपालिका–७ मा प्रेस चौतारी जिल्ला कमिटी धनकुटाको कार्यालय पनि उद्घाटन गरिएको हो । प्रेस चौतारीका केन्द्रिय सदस्य रुचाल र जिल्ला अध्यक्ष कटेलले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा कार्यालय उद्घाटन गरे ।

सो अवसरमा बोल्दै केन्द्रिय सदस्य रुचाल, सल्लाहकारद्वय अधिकारी, कटेल लगायतले कार्यालय उद्घाटन गरेर प्रेस चौतारी धनकुटाले सङ्गठनलाई थप व्यवस्थित बनाउने काम गरेको भन्दै सफलताको शुभकामना दिए । प्रेस चौतारी, पत्रकारहरूको अग्रणी संगठन हो । धनकुटामा ५६ जना सञ्चारकर्मी प्रेस चौतारीमा आवद्ध छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]