०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

गलत काम कहिले गरेकी छैन, भ्रम नफैलाउन आग्रह : बर्जु उपाध्यक्ष चौधरी

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, माघ २५, २०८०

बर्जु, माघ २५
बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु चौधरीले आफ्नो र गापा अध्यक्ष विचको सम्बन्ध सुमधुर रहेको बताएकी छिन् । केही समयअघि कुनै एक स्थानीय संचारमाध्यममा आएको अध्यक्ष र उपाध्यक्षविचको मनमुटावको विषयमा कुनै सत्यता नरहेको चौधरीले बताएकी छिन् ।

बिहिबार उपाध्यक्ष चौधरीले गापामा पत्रकारसँग भेटघाट गरी सो स्पष्टोक्ती दिएकी हुन् । आफ्ना श्रीमान मार्फत मनलाग्दी विकास निर्माणका काम गराएर बिल पेस गरेको भन्ने आरोपमा समेत कुनै सत्यता नभएको चौधरीले बताईन् । अनियमित ढंगले कर्मचारीलाई हाजिर गराउदा शिक्षा शाखामा आफुले तालाबन्दी गरेको विषयलाई भष्ट्राचारसँग जोडेर आफुलाई बदनाम गराउन खोजेको भन्दै उपाध्यक्ष चौधरीले आपत्ती समेत जनाईन् ।

आफ्नो श्रीमानले वडा नम्बर ६ को नहर, वडा नम्बर १ को वडा कार्यालय र बर्जु तालमा माटो पुरेको भन्दै ४० लाखको बिलको भुक्तानी माग्दै पेस गरेका विषयमा समेत कुनै सत्यता नभएको उपाध्यक्ष चौधरीले ठोकुवा गरिन् । त्यस्तै अर्का प्रदिप चौधरीमार्फत वडा नम्बर ३ मा बाटो ढलाई गरेको भन्दै दशलाखको भुक्तानी माग्दै बिल पेस गरेका भन्ने कुरा पनि झुटो भएको उनले बताईन् ।
गापा अध्यक्ष जिवछ कुमार रायले समेत विज्ञप्ती जारी गरी अपूष्ट समाचार सम्प्रेषण नगर्न भन्दै संचारमाध्यमलाई अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]