०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

इटहरी यातायातमा मन्त्री राईकाे छड्के

कर्मचारीसँगकाे मिलेमत्ताेमा २२ हजारसम्म बिचाैलियाले लिने गरेकाे भेटियाे
Logo
निरज बस्नेत प्रकाशित सोमबार, माघ २९, २०८०

विराटनगर, माघ २८ । आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सुनसरीको इटहरीस्थित यातायात व्यवस्था  कार्यालय तथा माताहातकाे ट्रायल सेन्टरमा छड्के चेकजाँच गरेका छन् । ट्रयाल तथा यातायातकाे कागजी काममा सेवाग्राहीबाट बिचाैलिया तथा कर्मचारीले घुस लिने गरेकाे गुनासाे आएपछी मन्त्री राई स्यवम् छेड्के जाँचमा पुगेका हुन् ।

मन्त्री राई हाफ भेष्ट, हाफ ज्याकेट कालो चस्मा र मास्क लगाएर सुन्दरहरैचाको दुलारीमा रहेको यातायातको ट्रायल सेन्टरमा समेत सेवाग्राहीको रूपमा पुगेका थिए । त्यहाँ उनले लाईसन्स बनाउनकाे लागी २२ हजारसम्म बिचाैलियाले लिने गरेकाे  पाए । पासफेल ठाउँको ठाउँ गर्नुपर्ने व्यवस्था रहेपनि त्यहाँ कर्मचारीले पछि मात्र फेल वा पास बताउने गरेकाेले  कर्मचारीपनि बिचाैलियासँग मिलेकाे पाईएकाे छ। छड्के अनुगमनकाे क्रममै धेरै सेवाग्राहीले यातायातमा घुस नदिई काम नहुने मन्त्री समक्ष गुनासाे गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]