०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

धनकुटा बजारमा अव्यवस्थित तवरले राखिएका सामान नगर प्रहरीद्वारा जफत

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

धनकुटा, ३ फागुन । धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ । बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए । ‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक–पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’

बसपार्कमा व्यापारीहरुले पसल भन्दा बाहिर कपडा टाँगेर बिक्रीका लागि सामान राख्ने गरेका छन् । त्यसरी टाँगेर राखिएका कपडासहित बाहिर पसल थापेर राखिएको बिस्कुट, छुर्पी, बदाम, चिप्स लगायत सामान नगर प्रहरीले नियन्त्रणमा लिएको छ । सिरवानीस्थित सब्जिलाइनमा पनि पसल भन्दा बाहिर राखिएको टमाटर, आलु, साग लगायत तरकारीहरु जफत गरिएको नगर प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार हुलाकटोलस्थित चुवाको बोट क्षेत्रको कपडा पसल बाहिर राखिएका कपडा पनि जफत गरिएको छ ।

नगरलाई सफा र व्यवस्थित बनाउँन नगरपालिकाले अभियान चलाइरहेको छ । सबैको साथ सहयोगले मात्र नगर क्षेत्रलाई व्यवस्थित बनाउँन सकिने भएकाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न मेयर चिन्तन तामाङले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]