२४ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
Gold Silver Price (22 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 176900
Silver 1 Tola Nrs. 1885

फागुन १६बाट विराटनगरमा एमपिएल

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, फाल्गुण १३, २०८०

विराटनगर ।  फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगरमा  मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । आयाेजक नेपाल अग्रवाल युवा मञ्चले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियाेताबारे जानकारी गराएको हो । १० औं संस्करणको साे एमपिएल विराटनगरमा २मा रहेकाे शंकरपुरको खेल मैदानमा हुने आयाेजकले जनाकारी दिएकाे छ ।

एमपिएलमा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए । विजयी टिमलाई नगद ६१ हजार रुपैयाँको साथै ट्रफि, मेडल र प्रमाणपत्र प्रधान गर्ने आयाेजकले व्यवस्था मिलाएकाे छ । त्यस्तै उपविजेताले २१ हजार रुपैयाँ साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि आयाेजकले पुरस्कृत गर्ने भएकाे छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि पुरस्कार दिने तयारी गरिएकाे छ । त्यसैगरी  प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आयाेजकले विशेष पुरस्कार दिने भएकाे छ ।

पत्रकार सम्मेलनमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, एमपियल चियरमेन अभिषेक केडिया, एमपियल १०औं संस्करणका मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया र संयोजक निशान्त अग्रवालको सहभागिता रहेको थियो ।

प्रतियोगिता आयाेजनाका लागी  ११ लाख खर्च हुने आयोजककाे अनुमान छ ।  साे प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाईफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् । प्रतियोगिताको गत वर्षको विजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर,२२ चैत ।  नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको  हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै […]

काठमाडौँ,१९ चैत । साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्। उनको न्यायका लागि र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित […]

Close
Close
Close