काठमाडौं, १५ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो ।
उनका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, माया मेरी साँझ बिहान, लगायत गीतहरु निकै चर्चित छन्।
२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि उनले स्वर गुमाएका थिए । त्यसयता उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।
यस्तै भारतीय गायक पंकज उदासको मृत्यु भएको छ। सोमबार ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हो। मृत्युको खबर उनका छोरा नायबले सामाजिक सञ्जालमार्फत दिएका हुन्। पंकज लामो समयदेखि बिरामी थिए।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे उनको निधन भएको हो। उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्नो तीन भाइमध्ये कान्छा थिए। उनलाई सानै उमेरदेखि गायनमा रूचि थियो।
उनले सन् १९८० मा ‘आहत’