१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

विवादबीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

विराटनगर, चैत ८ । विवादबीच सभा मोरङको निर्वाचन सम्पन्न बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समिति निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि ७ चैतमा निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गरेका थिए । तर सभाको मोरङ अध्यक्षमध्येका एक उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पुर्‍याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुनेभन्दै बहिष्कार गरेका थिए । थारूले सभाको केन्द्रिय कार्य संचालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु भनेको विधान सम्मत नभएको र अवैध रहेको बताएका थिए । उनले सभाको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गरेका थिए ।

उता निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हास्यास्पद रहेको बताए । उनले त्यस्तो पत्र त आफूले पनि पाउनु वा बुझाउनु पर्ने थियो, त्यो प्राप्त नगरेको बताए । उनले निर्वाचन गराउन उच्च अदालत, जिल्ला अदालतको आदेश र प्रशासनको सहमतिमा निर्वाचन गराएको बताए । उनले आफू कुनै समूहमा आवद्ध नभएको र यो मान्छे मेरो वा तेरो भन्ने नभएको बताए । पंजियारले आफूले केन्द्रबाट कुनै आधिकारीक पत्र नपाएको स्पष्ट पारे । उनले निर्वाचन सहज परिस्थितिमा र विवादरहित भएको बताए । उनले कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने बताए ।

अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूको नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन संचालन गरिएको स्पष्ट पारे । उनले निर्वाचन बीनाकुनै कारण ६/६ पटक रोकिएको हुनाले मतदातापनि आजित भएको र मतदाताबाट पनि अतिशिघ्र निर्वाचनको माग गरिएको विश्वासको कथन थियो । विश्वासले केन्द्रको पत्र मान्य हुने लायकको नभएको बताए । उनले केन्द्रमा पनि विघटन भइसकेको र पत्रको कुनै माइन्यूटिङ नभएकोले वैधानिकता नराख्ने बताए । विश्वासले ३–३ पटक केन्द्रिय पार्षद भइसकेको बताए । उनले विवाद थारूले उब्जाएको बताए । उनले केन्द्रले निर्वाचन अधिकृतका रूपमा पुनित चौधरीलाई खटाई सकेपछि असार ८ र ९ गते को अधिवेशनबाट हुन लागेको निर्वाचन किन रोकेको र अर्को मिति किन नतोकेको भन्दै प्रश्न गरे ।

पुनितको साटो पंजियार निर्वाचन अधिकृत भएर मोरङ आएपछि उनलाईपनि विभिन्न लाञ्छाना लगाइएको विश्वासको कथन थियो । पंजियारले जसरीपनि निर्वाचन गराई छाड्ने अठोट गरेपछि केहि व्यक्ति अदालत गएको तर अदालतले निर्वाचन सम्पन्न गर्नु गराउनु भने पछि सौर्हादपूर्ण वातावरणमा निर्वाचन भइरहेको जानकारी दिए । मतदाता लेटाङकी मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताइन् । उनले जसले जितेपनि थारूको हक, हित र कल्याणकालागि इमान्दारितापूर्वक काम गर्नु पर्ने बताइन् । १ अध्यक्ष, अनिवार्य १ महिलासहितको ३ उपाध्यक्ष, १ सचिव, १ सह सचिव, १ कोषाध्यक्ष र १४ सदस्यकालागि निर्वाचन गरिएको थियो । सभा मोरङमा २७२ मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]