१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

“सकिन्छ भने शाकाहारी बन्ने प्रयास गरौ” : काेशी सासंद पराजुली

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, चैत्र ११, २०८०

विराटनगर,११ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । शनिबार एक संस्थाले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् ।

उनले धर्म,संस्कृति सभ्यता, मौलिकता देशको प्रमुख जग भएको र यसलाई जोगाउन आवश्यक रहेको बताए । उनले होली पर्वका अवसरमा नसालु पदार्थ सेवन नगरी सभ्यरुपमा होली मनाउन पनि आग्रह गरे । उनले भने म त भन्छु ,सकिन्छ भने शाकाहारी बन्ने प्रयास गरौ । यसले हामिमा उर्जा प्रदान गर्छ,आस्थिक बनाउछ ।

उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव, माया प्रेमको प्रतिकको रुपमा उत्साह र उमङ्गका साथ मनाउदै यो पर्वले नेपालीबीचको एकता, भातृत्व, सहकार्य तथा सष्णिुतालाई अझ गाढा बनाउन सहयोग गर्ने पराजुलीले बिश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]