०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

रोट्रयाक्ट विराटनगरकाे अग्रसरतामा जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, चैत्र १७, २०८०

विराटनगर, चैत १७ । रोट्रयाक्ट क्लब विराटनगरले शनिबार जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङकाे सहकार्यमा क्लबले विराटनगरकाे मेनराेड र जलजला राेडमा जेब्रा क्रसिङ चिन्ह बनाएकाे हाे ।

कार्यक्रममा क्लबका अध्यक्ष सजल सुवेदी , कार्यक्रम संयोजक अनिल रौनियार, उपाध्यक्ष प्रेम पारख, सह- सचिव आँशु निरौला , मेम्बरशिप कोर्डिनेटर बेनु खातिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमका बिच  जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले सहकार्यका लागी क्लबलाई धन्यवाद समेत व्यक्त गरे ।

जेब्रा क्रसिङ निर्माण लागी विराटनगरकाे क्राेमा पेन्टसले रंग निशुल्क उपलब्ध गराएकाे छ । क्राेमा पेन्टस्‌‌ले पछिल्लाे समय देशकाे पुर्वी बजार तहल्का मच्चाएकाे छ । भारतकाे प्रसिद्ध रंगका नामहरु बट्टामा प्रयाेग गरी नेपालमा गुणस्तरहिन रंगहरु बनाउदै आएकाे स्वदेशका विभिन्न छदमवेशी  र‌ंग कम्पनीहरुलाई चुनाैती दिने गरी क्राेमा पेन्टस्‌ बजारमा ल्याईएकाे हाे ।  क्राेमाका रंगहरु अरु कम्पनीकाे भन्दा  गुणस्तरीय र सुलभ भएकाे कम्पनीकाे दावी छ । यस कम्पनीका संचालक महेश झा हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]