विराटनगर , बैशाख ९
विराटनगरमा सस्तो अनि मिठो मटन सेकुवाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, कहाँ जाने त ? जाने चाँही, विराटनगरको रेन्बाे-गल्लीमा रहेको “द हेभेन क्याफे एण्ड बार” मा नै हो । यँहा खसीको सेकुवा रु ३०० प्रति प्लेटमा उपलब्ध भइरहेको छ । सो कुराको जानकारी यस द हेभेन बारका संचालक अमित कर्णले दिएका छन् । गत सतादेखि संचालनमा आएकाे साे रेष्टुरेण्टले ओपनिङ्ग अफरमा देशकै सबैभन्दा सस्ताे रेटमा खसीकाे सेकुवा उपलब्ध गराईरहेकाे संचालककाे दावी छ । याे अफर केही महिनासम्म जारी राख्ने समेत रेष्टुरेण्टकाे याेजना छ।
संचालक कर्णले सेकुवा हवकै रुपमा “द हेभेन बार” लाई लगिने जानकारी पनि गराएँ । यँँहाकाे सेकुवाकाे स्वाद अथन्टिक, सामाग्री गुणस्तरीय र दर अतिनै सुलभ रहेकाे ग्राहक स्वयमले प्रतिक्रिया दिने गरेका छन् । एक पटक यँहा आएका ग्राहक आर्काे पटक आउँदा नँया साथी वा ग्रुपनै लिएर आउने गरेका छन् । संचालक कर्ण भन्छन् “पक्कै पनि सस्ताे मात्र हाेइन यँहाका परिकार स्वादिष्ट पनि छन् त्यही भएर ग्राहक फर्की फर्की आउने गरेका छन् । यदी सस्ताे मात्र भएर स्वादिष्ट हुन्थेन भने ग्राहकहरु फर्कि फर्की आउने थिएनन्।”
द हेभनमा चिकन वाेइल, फ्राई, राेष्ट, ड्रमस्टिक, ललिपप, क्रष्पि, छाेइला, चिल्ली, बाेनलेस, सेकुवा आदि पाईने गरेकाे छ। मटनकाे सकुवा लगाएत विविध परिकार पनि यँहा उपलब्ध छ । त्यस्तै मम, फ्राईज, आलु जिरा, सुइट कर्न, पनिरका विविध परिकार, पिज्जा, बर्गर आदी पनि हेभनमा राखिएकाे छ । पियपदार्थमा हर्ड र सफ्ड दुवै प्रकारकाे ड्रिंक र हुक्का समेत राखिएकाे छ । थप केही परिकारहरु आफ्नाे फुड मेन्युमा थप्ने साे रेष्टुरेण्टकाे तयारी छ ।