०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

छ प्रदेशमा हुरीबतास

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमान्डौं,१४ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुट वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]