काठमाडौं,भाद्र २१
२०६२ सालमा स्थापना भएको नँया बानेश्वर व्यापार व्यवसायी संघले हालसालै नयाँ नेतृत्व पाएको छ । जसमा रामशरण गिरी अध्यक्षमा निर्वाचित हुनु भएको छ । आज हामीले अध्ययक्ष गिरी सँग समग्र बानेश्वरको व्यवसायीक हालखबर सोधेका छौं ।
संचारकर्मी बटुकराज गिरी र अध्यक्ष राम शरण गिरी बिच भएको कुराकानी जस्ताको त्यस्तै :
हालै नँया बनेश्वरका लागी निर्वाचित हुनु भएको छ । कस्तो पाउनु भयो त यँहाको व्यवसायीक माहोल ?
काठमाडौं महानगरपालिका वडा नं १० र ३१ मा रहेको नँया बानेश्वर व्यापार व्यवसायी संघको कार्यक्षेत्र विधानतहः पुरानो बानेश्वरदेखि शंखमुलसम्म पर्दछ । यस क्षेत्रमा व्यापार व्यासायीको अनेकौ समस्याहरु छन् , जसलाई राज्यले सम्बोधन गर्न जरुरी देखिएको छ । हाम्रो मुख्य समस्या भनेको अहिले घर बहाल (सटर भाडा) हो । घर बाहलमा घरबेटिको मनपरी हुन्छ । व्यवसायीको लाखौं करोडौं रुपैयाँ घरधनीको कोठामा लागेको हुन्छ त्यही भएर झटै सटर छोडेर पनि जान सकिन्दैन् । अखिरमा व्यावसायीले नै कम्परमाईज गर्नुपर्ने हुन्छ ,जति भाडा माग्यो त्यति दिनै पर्यो ।
सटर भाडाको विषयमा कुनै सरकारी मापदण्ड छैन् ?
सरकारको मापदण्ड अनुसार नँया बानेश्वरमा एउटा सटरवाट बढीमा ६ हजार मात्र लिन पाउने व्यवस्था छ । तर घरघनीहरुको एकाधिकारका कारण व्यापारीसँग घरभाडा ठटाएर लिने गरिएको छ ।
१ लाखभन्दा मुनिको सटर त पाउनै ग्राहो छ, १ लाखदेखि २० लाखसम्म पैसा तिरेर यस क्षेत्रमा व्यापारीहरु व्यापार गरिरहेका छन् ।
तपाईको संघको भुमिका खोई त ? संघले पनि त घर धनिको कठालो समाउन सक्नु पर्यो नि त ।
हैन, हामीले कति ठाँउमा समाएका पनि छौं । हामीले भनीरहेका छौं यो बाहल चै अत्याचार नै भयो । राज्यले शुरुमा सिस्टम बसाउनु पर्यो । बनेको नियमहरुलाइ राज्यले कार्यन्यनमा ल्याउनु पर्यो । हाम्रो काम त घचघचकाउने र व्यापारीको पक्षबाट वकालत गर्ने हो । कसैसँग हामीले कुस्ती खेल्न सक्दैनौं, राज्यले बनाएको नियम कार्यन्यवन गराउनु पनि त राज्यकै दायित्व हो नि । हामी स्थानीय सरकार तथा अन्य सरोकारवाला पक्षलाई यस विषयमा घचघचाई रहेका छौं । तर अहिले सम्म नँया बानेश्वर क्षेत्रमा राज्यको नियम लागु हुन सकेको छैन ।
मापदण्ड अनुसार बानेश्वरमा अब पनि ६ हजारमा सटर पाइन्छ भन्ने कुरा कल्पना पनि गर्न सकिन्छ र अध्यक्ष ज्यू ?
हामीले त्यो दावी गरिरहेका छैनौं , हाम्रो भनाई भाडा दर वैज्ञानिक हुनुपर्छ भन्ने हो । एउटा क्राईट एरिया तोकिनु पर्यो, व्यावसायीलाई पनि असर नपर्ने गरी र घरधनीलाई पनि असर नपर्ने गरी सरकारले एउटा बहाल तोकी दिनु पर्यो । जबो १० स्कावर फुट क्षेत्रफल भएको घरभाडा १ लाखभन्दा बढी माग्छन् । र घरधनीले मनपरी वर्षेनी दुई तिन पटक सम्म घरभडा बढाईदिने समेत गर्छन् । सम्झौता गर्नु भन्यो भने सटर खाली गरि दे भन्छन् । के यो मनपरी है न । राज्यले यस विषयमा गम्भीर हुनु पर्दैन ?
मुलुकको नीति बनाउने र देश लाई मार्गदर्शन गराउने प्रतिनिधि सभाको भवन यहीं आसपासमै छ, सभासदहरु यता उता गरिरहेका हुन्छन् । व्यापारीहरु पुर्पुरोमा हात हालेर टुहुरा जस्तो बनी बसिरहेका हुन्छन् तर उनीहरुलाई मत्लब छैन् । त्यही छेउमै भएका आम नागरिकहरुको समस्या समाधान गर्न नसक्नेले देशको समस्या समाधान गर्छु भन्दै हिडेका छन् हा….हा….हा…… ।
बानेश्वरमा कस्ता कस्ता व्यवसायहरु छन् ? अन्य समस्या के छ ?
नुन देखि सुनसम्म सवै कुरा छ । अहिले हामीलाई राज्यले नक्कली सामान बेच्ने व्यापारीको दर्जा दिएको छ । अब हामीले ब्राण्डको कपी आईटम समेत बेच्न नपाउने भएका छौं । एडिडास,नाईकका जस्ता ब्राण्डको कपी समान यहाँ हामी बेच्ने गर्थियौं । अब त्यो गर्न नपाईने रे । ब्राण्ड कपी भएका जुत्ता यहाँ १ हजार रुपैयाँ हामीलाई खरिद पथ्र्यो हामी त्यही सामान १२, १३ सयमा बेच्थ्यौं । अब त्यस्तो कपी जुत्ताको भन्सार मात्र १५ सय पुर्याई दिएको छ । भन्नुस् अब ३ हजारमा एउटा कपी जुत्ता वा अन्य त्यस्तै सामान कस्ले किन्छ ?
यस व्यवहारले, राज्यले हामी बानेश्वरका व्यापारी चै डुप्लिकेट हो र ब्राण्डेड सामान चाँही दरवार मार्गमा मात्र पाउछ र त्यहीँका व्यापारी चाँही ओर्जीनल हुन् भन्ने जस्तो छाप पारिदिएको छ ।
बानेश्वरको सो रुममा राखिएको सामान डुम्पिलिकेट हुन्छ र त्यही सामान दरवार मार्गको शो रुममा राखियो भने ओरजिनल हुन्छ । उपोभोक्तामा पनि यस्तो खाले छाप परिसकेको छ ।
म ग्यारेन्टिका साथ भन्न सक्छु दरवार मार्गको केहि छिटपुट व्यापारीहरुले बाहेक अरु व्यापारीले पनि हामी जस्तै नै ब्राण्ड कपी नै बच्ने हो । फरक यति यो ग्राहकले त्यहाँका सामान र्ओर्जीनल भन्दै पैसा हाल्छन् र हाम्रो डुप्लिकेटन ठान्दै बारगेनिग गर्छन् ।
पार्किङको समम्या छ ?
छ नि, मान्छेले ५ सयको समान किन्दा १ हजार रुपैयाँ फाईन तिर्नुपर्ने अवस्था छ । पाकिङ गर्ने ठाँउ छैन । ग्राहकले सय रुपैयाँको मोजा किनेर फर्कदा ट्राफिकले १ हजारको चिट तयार पारिरहेको हुन्छ, ग्राहकले झन्झट चाहदैन उसले बरु अन्तै गएर सामान किन्छ , यो पनि एउटा मुख्य समस्या हो ।
यो एउटा महत्वपुर्ण क्षेत्र हो । यँहाबाट देशमा ठुला ठुला परिवर्तन भए तर यँहा भएका व्यवसायका समस्या कहिले परिवर्तन हुन सकेन ।
फुटपाथ व्यवसायहरु पनि नँया बानेश्वर तिर थुप्रै छन् नि ? किन होला फुटपाथमा व्यावसाय गर्नु परेको ?
यो प्रश्न त तपाईहरुले उनीहरुलाई नै गरिदिएको भए हुन्थ्यो । फुटपाथ व्यवसायले सटरवाला पसललाई एकदम असर पुर्याएको छ । न त राज्यलाई कुनै योगदान पुर्रयाएको छ, न त कहि दर्ता छ, न त एक पैशा कर जान्छ , मानिस हिड्ने सडकमा दोकान लगाई दिएर यात्रुलाई दुख दिएको छ । तै पनि यस्तो व्यवसायलाई राज्यले किन सडकमै रहन दिरहेको छ । मैले बुझ्न सकिरहेको छैन् । उनीहरु राज्यको कुनै अंकुशमा छैनन् । हामी राज्यको हरेक निकायमा दर्ता भएका छौ ।
ठिक छ ,वहाँहरुको पनि व्यवसाय हो । वहाँहरुलाई पनि व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो चाहाना हो , वँहाहरुलाई पनि फुटपाथको वाहेक अन्य खुल्ला ठाँउमा स्थानतरण गर्नुपर्छ भन्ने हाम्रो सोच हो । तर हैन, वँहाहरुलाइृ भने बानेश्वर र बानेश्वरकै फुटपाथ नै प्यारो छ । एकदम विडम्वना छ, ट्याक्स तिर्ने हामी, भाडा तिर्ने हामी र ग्राहक लाने फुटपाथे व्यावसायीहरु ।
सरकारले के गरी दियोस भन्ने चाहनुहुन्छ ?
भाडाको समस्या सर्वप्रथम सरकारले समाधान गरदियोस् । जब युवाहरु विदेश जानुभन्दा यहीँ लगानी गर्न उत्साहित हुन्छन् त्यो त राज्यको लागी फाईदा हो नी । तर होईन्, एउटा युवाले ५ लाखको व्यापार गर्ने खोज्दा मासिक १ लाख सटर भाडै मागिन्छ छ भने युवा उत्साहित हुन्छन् कि हतोसाहित तपाई आफै भन्नुस् । यो विषयमा मैले हाम्रो महासंघमा पनि कुरा राखिसकेको छु । राज्यले सुन्ने वातावरण महासंघले बनाउनु पर्छ ।
तपाईको कार्यकालमा के के गर्ने विचार छ ?
एक नम्वरमा, संघलाई उर्जा वनाउने छु ।
निस्क्रिय रहेका व्यावसायीलाई सक्रिय बनाउने छु ।
२४ सैं घण्टा व्यावसायी गर्ने वातावरण वनाउने छु ।
फुटपाथ व्यावसायीलाई व्यावस्थित बनाउने छु ।
सदैव व्यवसायीहरुको हक हितका लागि आवाज उठाइ रहने छु ।
फुटपाथ व्यवसायीलाइ कसरी व्यवस्तिथ बनाउनु हुन्छ ?
महानगर भित्र रहेका सरकारी जग्गा पत्ता लगाई हामी स–साना व्यावसायीक केन्द्र बनाउन खोजिरहेका छौ । यो भन्दा अघि पनि फुटपाथ व्यापारीलाई स्थानतरण गर्न प्रयास गरेको हो तर वहाँहरुलाई बनेश्वरको फुटपाथ नै प्यारो छ । अहिले हामी र स्थानीय सरकार बिच यो कुरामा सहकार्य भईरहेको छ, आशा छ चडै नै समास्याको समाधान होला ।
बनेश्वरमा ग्राहक आउने गर्दछन् ,फुटपाथ व्यापारीको लागी पनि बनेश्वर प्यारो हुनु स्वाभाविक होईन र ?
बानेश्वर प्यारो हुनु र बानेश्वरमा व्यापार गर्ने कुरा ठिक हो, सबैले गर्दा हुन्छ । तर नियम कानुन मिचेर, हिड्ने सडकलाई मिचेर व्यापार गर्न पाईदैन् । सटरवाला व्यापारीहरुले सटर भडा तिरेका हुन्छन् ,राज्यलाई कर तिरेका हुन्छन् । र ग्राहक भने सबै फुटपाथमा व्यापार गर्ने लैजान्छ, यस्तो वेथिति त हुनु भएन् नि । उनीहरुले भडा तिर्नु पर्दैन, राज्यलाई कर तिर्नु पर्दैन र उनीहरुले गणुस्थरहिन समान बेच्दा पनि खोजतलाख गर्ने कोहि हुदैन् । यस हिसाबमा हाम्रो सामानको दाम उनीहरुको भन्दा स्वाभाविक रुपमा केही महगो पर्न जान्छ र ग्राहक जहाँ सस्तो पर्छ त्यही जाने हो ।
फुटपाथ व्यापारी सटरमा आउन चाहन्छन् भने हामी स्वागत गर्न तयार छौं । तर अब फुटपाथ र सटरवाला व्यापारी विचको प्रतिस्प्रर्धा मान्य हुँदैन ।
फुटपाथ व्यवसाय गैर कानुनी हो भने कसरी अहिलेसम्म राज्यको आँखा छिचोलेर व्यापार गरिरहेका छन् त ?
यो सबै सेटिङ मिलाउने यँहाका ठुटे नेता हुन् । महानगर भित्रको सडकलाई व्यवस्थित बनाउने काम नगरप्रहरीको हो । तर ठुटे नेता र महानगरपालिकाको प्रहरी विच हुने सेटिङका कारण फुटपाथका व्यापारीहरुले मान्छे हिड्ने सडकलाई दोकान बनाएर बसिरहेका छन् । ठुटे नेतालाई सडक व्यपारीले पैशा बुझाउने गर्छन् र त्यही पैशा ठुटे नेताले आधा आफु राख्छन र आधा प्रहरीलाई बुझाउँछन । यहि लेनदेनका कारण फुटपाथ व्यापारीहरु टिकिरहेका छन् नभए काठमाडौंको बानेश्वर जस्तो ठाँउमा राज्यको आँखा छिचोलेर व्यापार गर्न संभव छ र ?तपाई अफै विचार गर्नुस् न ।