०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

विश्वासको मत नलिने अडानमा कोशीका मुख्यमन्त्री

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, बैशाख १९, २०८१

विराटनगर,१९ बैशाख ।  कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत चैत २६ गते नेकपा एमाले र माओवादी केनद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् ।

कार्कीले वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएको भन्दै विश्वासको मत लिनुनपर्ने अडानमा छन् । कार्कीले विश्वासको मत नलिने अडान लिएपछि गत साता एमाले र माओवादीले प्रदेश सभाको विशेष अधिवेशनमार्फत संकल्प प्रस्ताव पारित गरेका थिए । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र किशोरचन्द्र दुलाल र गणेशप्रसाद उप्रेती समर्थक रहेको सो प्रस्ताव बहुमतले पारित भएको थियो । संकल्प प्रस्ताव पारित भएपछि प्रदेश सभाले कार्कीलाई विश्वासको मत लिने निर्देशन दिएको थियो । तर, कार्कीले संविधानिक व्यवस्था धारा १६८ को उपधारा ५लाई देखाउदै निर्देशन नमान्ने बताउँदै आएका छन् ।

वैशाख २५ गतेसम्म विश्वासको मत नलिने उनलाई सोही दिन स्वत पदमुक्त गरेर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । सो बारे जानकारी पाएपछि मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुखलाई पत्र बुझाउँदै असंवैधानिक काम नगर्न सचेत गराएका छन् । केदार कार्की पक्षधरहरुले संविधानकाे धारा १६८ को उपधारा ५ अनुसार  “याे सरकारलाई निरन्तरता दिनु अवथा मध्यावदीमा जनु” बाहेक अन्य कुनै विकल्प नरहेकाे भनी व्याख्या गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]