०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

काेशीका न्यायाधिवक्ता कोइरालाले बुझाए बार्षिक प्रतिवेदन

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् ।
प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको आर्थिक वर्ष  २०७९/ ८० को बार्षिक प्रतिवेदन वुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बलियो बनाउन विधिको शासन महत्वपूर्ण हुने भन्दै  मुख्य न्यायाधिवक्ताको कार्यालयको काम कारवाहीले यस कार्यलाई मद्दत पुर्‍याएको बताए ।  उनले नेपालको संविधानले कल्पना  गरे अनुसारको  कार्यालयले पालिकास्तरसम्म कानुन निर्माण सम्वन्धी कार्यक्रम संचालन गर्नु महत्वपूर्ण कार्य  रहेको उल्लेख गरे ।
प्रदेश प्रमुख खापुङ्गले कार्यालयले संविधान एवं प्रचलित कानून  वमोजिम भूमिका निर्वाह गरेकोमा प्रंशसा समेत व्यक्त गरे ।
सो अवसरमा प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता कोइरालाले प्रदेशमा  कानूनको प्रभावकारी कार्यान्वयन गर्नका लागि कानूनी साक्षरता तथा कानून निर्माण क्षमता अभिवृद्धि कार्यक्रम प्रदेशका नौ जिल्लामा  सञ्चालन गरेको जानकारी दिए ।
कार्यालयले आव २०७९/८० मा जिम्मेवारी सरी आएको र सोही वर्ष दर्ता भएको मुद्दा सङ्ख्या १५५ मध्ये फर्छ्र्र्यौट भएको  मुद्दा ४५ र वाकी रहेको मुद्दा सङ्ख्या ११० रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]