विराटनगर, वैशाख २१
दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाँअभियानको मोरङ कमिटी गठन भएको छ ।
विराटनगरमा शुक्रबार महाँअभियानको जिल्लास्तरीय भेलाले टेक बहादर अधिकारीको संयोजकत्वमा मोरङ कमिटी गठन गरेको हो । सो कमिटीको सचिवमा रमेश प्रसाद अधिकारी, सहसचिवमा अनिल आचार्य, कोषाध्यक्षमा डा. गोपाल रंजन साह छनोट भएका छन् ।
त्यसैगरी दवा खवास, निमा रिमाल, डोलेस्वर रेग्मी, मदनकुमार भगत, नवनारायण सरदार, सिहंस्वर चौधरी, रामकुमार विष्ट, राजेश रायमाझी, मनिष अग्रवाल, पुशुपति महराजले कमिटीमा सदस्यको जिम्मेवारी पाएका छन् ।