०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

ध्वनिभन्दा छिटो यात्रा गर्ने एक्स–५९ उडाउने तयारी पुरा

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, जेठ ०७, २०८१

काठमाडौं, ७ जेठ।  अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन ९नासा० को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।

नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराहरूको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको ‘क्वेस्ट मिशन’को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्नेछ । यसले ध्वनीको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]