०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

कानपाेखरीमा लागूऔषध सचेतनामुलक कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, जेठ ०७, २०८१

कानेपोखरी, ७ जेष्ठ । आइतबार मोरङको कानेपोखरीमा एकदिने लागू औषधविरुद्धकाे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आदर्श समाज कानेपाेखरीद्वारा आयाेजित साे सचेतामूलक कार्यक्रममा कक्षा ९ र १० का दुई सयबढी विद्यार्थीलाई प्रशिक्षण दिईएकाे छ । जनसेवा माध्यमिक विद्यालयको सभाहलमा आयाेजित कार्यक्रममा आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले विद्यार्थीहरुलाई लागू औषधकाे असर र यसबाट जाेगिने उपायहरुबारे प्रशिक्षण गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथी कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीले लागू औषध न्यूनीकरणको लागी थप सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न गाँउपालिकले मद्दत गर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले लागू औषधलाई न्यूनीकरण गर्नको लागि मोरङ प्रहरीले  सामुदायिक प्रहरीमार्फत कार्यक्रमहरु गरिरहेको जानकारी गराए ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत ,इलाका प्रहरी पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ , कानेपोखरी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष चरण गुरुङ, कानेपोखरी अस्पतालका स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , जनएकता साकोसका अध्यक्ष सन्तोष फुयल , स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भविस गुरुङ , जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]