०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

कानेपोखरीमा लागू औषध सचेतनामुलक कार्यक्रम सम्पन्न्न

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, जेठ १७, २०८१

कानेपोखरी , १७ जेठ । मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा ७ दिने लागू औषध सचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  स्थानीय प्रहरीकाे सहकार्यमा गाउँपालिकाकाे सातैवटा वडामा लागू औषध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकाे थियो । आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभा हलमा कार्यक्रम सुरु गरेको थियो । क्रमश कानेपोखरी ४ स्थित श्री पिनाकल ज्ञान मन्दिर , कानेपोखरी १ स्थित श्री माबी होक्लाबारी ,कानेपोखरी ७ स्थित जनकल्याण माबी , कानेपोखरी २ स्थित राधाकृष्ण मन्दीर , कानेपोखरी ३ स्थित श्री शिक्षा सदन हरकपुर हुँदै कानेपोखरी ५ स्थित श्री सिंहदेबि माध्यमिक विधालयको प्राङ्गणमा आयाेजकले कार्यक्रम समापन गरेको थियो ।

समाजमा कुनै पनि ब्यक्ती नसामा नफसुन् भन्ने उद्देश्यका साथ साे कार्यक्रमको आयोजना गरिएको आर्दश समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताए ।
कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागू औषध न्यूनीकरण गर्न कानेपोखरी गाउँपालिकाले अझ थप बजेट पेश गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सम्पन्न समारोहमा कानेपोखरी १ का वडा अध्यक्ष रत्न बहादुर कार्की , कानेपोखरी २ का वडा अध्यक्ष सुशील बुढाथोकी , कानेपोखरी ४ का वडा अध्यक्ष रमेश राउत , कानेपोखरी ५ का वडा अध्यक्ष चरण गुरुङ , कानेपोखरी का कार्यवाहक वडा अध्यक्ष पदमा कार्की , कानेपोखरी अस्पताल स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल , कानेपोखरी राप्रपा अध्यक्ष तिर्थ गुरुङ , नेपाली काङ्ग्रेस कानेपोखरी कोषाध्यक्ष सुर्य लिम्बू , कार्यक्रमको प्रमुख प्रशिक्षक किशोर कुमार मगर , सिंह देबि माबीका प्रधानाध्यापक धर्म थापा , लगायत समाजसेवि व्यक्ती तथा शिक्षक , प्रहरी , पत्रकारहरुको उपस्थित रहेको थियो । साे कार्यक्रम सञ्चालन उपसमिति संयोजक उपेन्द्र पौडेलले गरेका थिए भने  स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक फुयलले राखेका थिए । आदर्श समाजले कानेपोखरीमा भएका सामाजिक विषय बस्तुमा केन्द्रित भएर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]