०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

तत्काल एकताको सम्भावना छैन : नेपाल

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, जेठ २७, २०८१

काठमाडौं ,२७ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी कोशी कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन् । उनले ओली एकीकृत समाजवादीप्रति सकारात्मक बन्न नसकेको बताए ।

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पजिटिभ छ, तपाईंको पनि यस्तै पजिटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नुहुँदैन । किनभने, हिजोको कुरा पनि बिर्सौँ, ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगरे पनि त्यो देखिएको छैन,’ नेपालले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक रहेको बताए । सुदूरपश्चिममा मुख्यमन्त्री दिन पनि प्रचण्डले सकारात्मक भूमिका खेलेको उनले बताए । केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने भएकाले मधेशमा मुख्यमन्त्रीसमेत अस्वीकार गरेको उनले दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]