०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

दिनदिनै तात्दै धर्ती

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, जेठ ३१, २०८१

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’

पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१ देखि १९८०) भन्दा दुई दशमलव ३४ डिग्री फरेनहाइट  (एक दशमलव तीन डिग्री सेल्सियस) रहेको मङ्गलबारको विश्लेषणले देखाएको छ ।
जमिनमा मौसम स्टेसन र महासागरहरूमा उपकरणका विशाल नेटवर्कबाट तापक्रम रिडिङहरूको आधारमा वैज्ञानिकहरूले पत्ता लगाउँछन् । उक्त रेकर्ड मानव गतिविधिहरू विशेषगरी हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित दीर्घकालीन तापक्रम प्रवृत्तिको भाग हो ।

नासाका प्रमुख वैज्ञानिक तथा वरिष्ठ जलवायु सल्लाहकार केट क्याल्भिनले भने, ‘हामीले धेरै तातो दिनहरू, धेरै तातो महिनाहरू, धेरै तातो वर्षहरू अनुभव गरिरहेका छौँ । तापक्रममा हुने यो वृद्धि हाम्रो हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित छन् र यसले विश्वभरका मानिस र पारिस्थितिकीय प्रणालीहरूलाई असर गरिरहेको हामीलाई थाहा छ ।’
विश्लेषणका अनुसार १९औँ शताब्दीको उत्तरार्धमा रेकर्ड राख्ने काम सुरु भएदेखि पछिल्लो १० वर्ष लगातार सबैभन्दा न्यानो १० वर्ष भएको विगतका चार दशकहरूमा यो प्रवृत्ति स्पष्ट भएको छ ।

रासस

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]