०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा मनाईयाे राजा महेन्द्रको १०५ औं जन्मजयन्ती

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, जेठ ३१, २०८१

विराटनगर,३१ जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिकाे अगुवाईमा विराटनगरका स्थानीयले राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएका छन् ।

समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको साे जन्मउत्साेव कार्यक्रममा सयौ आम नागरिकहरुकाे उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा महेन्द्रको योगदानबारे चर्चा गरेका थिए ।

उनीहरुले ‘अहिले नेपाल र नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको बताए । २००७ सालदेखिको प्रजातन्त्रको रटानले नेपाल र नेपालीको अस्तित्व समाप्त हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाका कारण मुलुकको अवस्था ओरालो लाग्दै गरेको र यसका विरुद्ध आवाज उठाउन उनीहरुले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]