०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने गृहमन्त्री लामिछानेकाे घोषणा

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ ०१, २०८१

काठमाडौं , असार १ ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् ।

शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए ।

उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ । नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’

यस्तै, उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि बताए । गृह मन्त्रालय अन्तर्गतका निकायमा भोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए ।

उनले भने,‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन,प्रहरीले मेरो कुरा सुनेन,कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउँन कहाँ जाने त ? अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं । भोलीबाट धेरैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टासेको देख्न सक्नुहुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]