०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

बिश्व पदयात्री रोहनलाई झापामा स्वागत

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ ०१, २०८१

झापा, असार १ । पर्याबरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् ।  भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् ।

अर्थ डे अर्गनाइजेशन दक्षिण भारतका महासचिव समेत रहेका उनी झापा आइपुगेसंगै बिर्तामोडस्थित उद्योग वाणिज्यसंघले स्वागत सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पूर्ब अध्यक्ष बलराम कार्की लगायत संघका पदाधिकारीले अग्रवाललाई संघको कार्यालयमा स्वागत सम्मान गरेका हुन् ।
जलवायु परिवर्तनको असरका विषयमा जनचेतना फैलाउँदै नेपालका सबै जिल्ला पैदलयात्राबाटै पूरा गर्ने लक्ष्य सहित विश्व भ्रमणमा निस्किएका उनलाई सम्मान स्वरुप १० हजार रुपैयाँ समेत प्रदान गरिएको छ । नगद प्रदान गर्दै संघका अध्यक्ष न्योपानेले अग्रवालको विश्व पदयात्रा सफलताको शुभकामना दिएका छन् ।

२५ अगष्ट २०२० मा भारतको वनारसबाट विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर हिँडेर पार गरेका छन् । नेपालको पदयात्रा समापनसंगै उनी कम्वोडिया, म्यानमार, मंगोलिया हुँदै रुस जाने बताइएको छ । विश्वकै सबैभन्दा चियो ठाउँ मध्येको रुसको साइवेरियास्थित ओम्याकोन समेत हिँडेरै पुग्ने उनको लक्ष्य छ । जहाँको औषत तापक्रम माइनस ५५ डिग्री सेल्सियस रहेको छ ।
ओम्याकोनको अहिलेको तापक्रम माइनस ७२ डिग्री सेल्सियस रहेको बताइएको छ । ओम्याकोन भ्रमण सम्पन्न गरेसंगै सार्ककै पहिलो पदयात्रीका रुपमा आफूलाई स्थापित गर्ने उनको लक्ष्य रहेको छ ।
विश्व पदयात्रामा निस्किएका रोहनले देशलाई  प्लाष्टिक मुक्त बनाउन समेत सन्देश प्रवाह गर्दै आएका छन् । १८ वर्षको उमेरबाट उनी विश्व पदयात्रामा निस्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]