०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

आदिवासी जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुन्छ: नेता पराजुली

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ ०१, २०८१

विराटनगर,असार १ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङ क्षेत्र नं. ४ को प्रथम अधिवेशन सुरु भएको छ । ग्रामथान गाउँपालिका स्थित नेताचोकमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका छन् । कार्यक्रममा बोल्दै पराजुलीले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताए ।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नका लागि कांग्रेसले ठूलो भुमिका खेलेको बताए । कांग्रेसलेनै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको नेता पराजुलीले स्मरण समेत गरे ।

आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन आवश्यक रहेको र त्यसको लागि स्वंय नागरिकहरुमा समेत चेतनाको आवश्यकता रहने बताए । उनले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अव पनि सोही अनुरुप अगाडि बढ्ने बतााए ।

पार्टिका हरेक गतिविधिमा सामेल भएर अधिकारप्राप्तिको बाटोमा अग्रसर बन्न उनले आग्रह गरे । उनले गुट उपगुट त्यागेर नयाँ सिरावाट कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै नेता पराजुलीले कोशी प्रदेशले ल्याउन लागेको बजेटमा प्रतिपक्षिदलहरुलाई बाइपास गरेर ल्याउन खोजिएको भन्दै आपत्ति जनाए । मुख्यमन्त्री र नजिकका मानिसहरुलाई खुसी पार्ने खालको बजेटले जनताको अपेक्षा र भावनालाई कदर गर्न नकिने बताए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष रेखबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सह-सचिव प्रमिला गच्छदार ,कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री दीलिप गच्छदार, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी,जिल्ला सचिव मोदराज घिमिरे लगायतले कार्यक्रम सफलताको सुभकामना प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]