०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

कटहरीमा नृत्य तथा गायन अन्तरविद्यालय प्रतियोगिता

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, आषाढ १०, २०८१

विराटनगर, असार १० । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ११ वटा विद्यालय सहभागी भएका छन् । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १२ सम्म दुई समुहमा विभाजनगरि प्रतिस्पर्धा गराईएको थियो । विद्यार्थीहरुलाई नृत्य र गायन विधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम, सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो भएकी छिन । यस्तै कक्षा ६ देखी १० सम्म नृत्य तर्फ भगवती आधारभुत विद्यालय प्रथम,श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम,क्रिम्शन नेश्नल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएको छ ।

विजयीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेतले पुरस्कार वितरण गरे ।प्रतियोगिताका विजयी प्रथम,दोश्रो र तेश्रोलाई क्रमश २ हजार पाँच सय,२ हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री,मेडल र प्रमाणपत्र प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]