कानेपोखरी , १५ असार । स्वतन्त्र युवा क्लब रमाइलोले शुक्रबार माेरङकाे कानेपोखरीमा रहेकाे ऐतिहासिक स्थल-पोखरीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा “वृक्ष रोपौं स्वच्छ वातावरण कायम गरौं” भन्ने नाराको साथ क्लबले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
साे वृक्षराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भवेश गुरुङले रुख विरुवाहरु मासीदै आएको अहिलेको वर्तमान समयमा पर्यावरणलाई सन्तुलित राख्न वृक्षाराेपणकाे कार्यक्रम आयाेजना गरिएकाे जानकारी गराए । मन्त्वयकै क्रममा क्लबका सहसचिव साइमन गुरुङले बिरुवा रोपेर मात्र हुदैन विरुवाको संरक्षण गर्न सकिएन भने वृक्षरोपण गर्नुको कुनै औचित्यनै नहुने धारणा व्यक्त गरे । त्यस्तै आर्का वक्ता समाजसेवी सुशील राईले वृक्षरोपणले वातावरणलाई धेरैहद सम्म स्वच्छ बनाउन सकिने भन्दै यस्ता कार्यक्रम फेरी फेरी पनि आयोजना गर्न क्लबलाई अनुराेध गरे । युवा नेता होमनाथ घिमीरेले वृक्षरोपणले कार्बन उत्सर्जनमा न्यूनीकरण गर्ने र यस्ता कार्यक्रमले वृक्षरोपण गर्नु पर्छ भन्न्ने अगामी आउने युवा पिडिहरुमा जानकारी हुने बताए ।
सव डिभिजन वन कार्यालय कानेपोखरीको सहयोगमा आयाेजित वृक्षरोपण कार्यक्रममा असोकको बिरुवा ,धुपी , मसला , अमला र शिरिषको विरुवाहरु रोपिएको स्वतन्त्र युवा क्लब कानेपोखरीका सदस्य कृष्ण पाचकोटिले बताए । कानेपोखरी ७ को वन कार्यालय , रमाइलो प्रहरी चौकी , जनसेवाको खेलमैदान , रमाइलोमा रहेको वृद्धा आश्रमा वृक्षरोपण गरिने स्वतन्त्र युवा क्लबका सचीव उपेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव उपेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमका कानेपोखरीका युवा नेता समाजसेवी , विधार्थीहरुको उपस्थिति रहेको थियो ।