०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

रोटरीकाे विराटनगर डाउनटाउनमा नयाँ नेतृत्व

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ २२, २०८१

विराटनगर, असार २२ । महिला मात्रै सदस्य रहने नेपालकाे एक मात्र क्लब रोटरी डाउनटाउन ‍ विराटनगरकाे नेतृत्व  मञ्जु अग्रवालले बुधवारदेखि  सम्हालेकी छिन्।

बुधबार विराटनगरमा आयाेजित क्लबको पदस्थापन कार्यक्रममा रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले नवनियुक्त अध्यक्षलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा पूर्व गभर्नरहरू बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियालगायतको सहभागिता थियो।

नवनियुक्त अध्यक्ष मञ्जु अग्रवाल लामो समयदेखि क्लबमा सक्रिय रहेकी छिन्। क्लबकी पब्लिक रिलेसन अधिकारी मुक्ता ताेदीले आगामी एक वर्षमा विभिन्न सामाजिक कार्यहरू गर्ने यस क्लबकाे याेजना रहेकाे सुनाईन । विशेषगरी, शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा केन्द्रित रहने ताेदीले बताइन्। साथै, सीमान्तकृत र विपन्न समुदायको हितमा अधिक काम गर्ने लक्ष्य राखेको उल्लेख गरिन्। यो क्लबले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ र देशकै धेरै पुरस्कार प्राप्त गर्ने क्लबहरू मध्ये एक मानिन्छ। यस वर्ष मात्र क्लबले १६ वटा अवार्ड हासिल गरेको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष कुसुम अग्रवाललाई बिदाइ गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]