विराटनगर,श्रावन १ । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ । यो १२ देखि ३६ घण्टामा देखिने गर्छ । यसको रसायनले छाला,वा आखा रातो हुने, चिलाउने, जलन हुने, सुन्निने हुने गर्छ । पछिल्लाे समय याे किरा विराटनगरकाे विभन्न स्थानमा समेत देखिएकाे छ । विराटनगरका स्वास्थ्य केन्द्रहरुमा यसले टाेकेपछि विरामीहरु आउने क्रम पनि बढ्दाे छ ।
नेपालमा गरेको एक अध्ययनले ‘नाइरोबी आँखा’ विशेषगरी मनसुन सिजनमा देखिने गरेको देखाएको छ । सामान्यतया छालामा देखिने समस्या एकदेखि चार हप्तासम्ममा निको हुँदै जान्छ । तर ब्याक्टेरियाको संक्रमण देखिए चिकित्सकको परामर्शमा औषधि लिनु उपयुक्त हुने कोशी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादव सुझाउछन् । अहिले धेरै विरामीहरु अस्पताल आउने गरेको उनले सुनाए । कोशी प्रदेशमा पनि यो समस्या बढेको पाइएको छ ।