०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

मिस कोशी २०२४ का विजेता र रनरअपहरू सम्मानित

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, साउन ०४, २०८१

विराटनगर, साउन ४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई बिहीबार विराटनगरमा विशेष सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गत शनिबार धरानमा सम्पन्न प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई सम्मानित गरिएको हो।

सम्मानित हुनेहरूमा मिस कोशी २०२४ की विजेता सुनसरी इटहरीकी १९ वर्षीया शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेका छन्। विजेता शुभलक्ष्मी राईले उपाधिसँगै नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी थिइन्।

कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रमुख अतिथिको रूपमा सहभागिता जनाए। उनले यस्ता प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

विजेता शुभलक्ष्मी राईले आफ्नो अर्को लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन्। उनले भनिन्, “पहिलो पटक भाग लिएको प्रतियोगितामा मिस कोशीको ताज पहिरिन सफल भएँ। अब मेरो लक्ष्य मिस यूनिभर्स नेपालको उपाधि हात पार्ने रहेको छ। यसका लागि म कडा परिश्रम गर्नेछु।”

कार्यक्रममा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय र सिइओ निशा खतिवडा रायले पनि उपस्थित भई विजेताहरूलाई सम्मान गरे। गत शनिबार सम्पन्न फाइनलमा २५ जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]