०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

विराटनगरको अरनिको कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, साउन १९, २०८१

विराटनगर, साउन १९ । विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयले उत्कृष्ट शैक्षिक संस्था सम्मान प्राप्त गरेको छ। चन्द्रलोक प्रतिष्ठान काठमाडौंले केहि समयअघि रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा यो सम्मान प्रदान गरेको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले विद्यालयका प्रिन्सिपल राजेश कार्कीलाई सम्मान हस्तान्तरण गरे।

२०३३ सालमा स्थापित यो विद्यालय कोशी प्रदेशको पहिलो र नेपालको आठौं उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ। प्रतिष्ठानका अध्यक्ष कार्कीले विद्यालयले देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गरोस् भन्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]