०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

पुस्तक बेचेर डा. महावीर पुनद्वारा १० करोड संकलन

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

भदाै ४, काठमाडाै‌ । वैज्ञानिक डा. महावीर पुन हाल हेटौंडामा आफ्नो जीवनी पुस्तक बिक्रीमा व्यस्त छन्। उनले चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका थिए। डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए। उनले करिब १० हजार ८ सय ४० किलोमिटर हिँडेको र पछिल्लो एक वर्षमा सवा लाख प्रति पुस्तक बिक्री भएको बताए।

पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ। सर्वसाधारणले उत्साहका साथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहेका छन्। शनिबार हेटौंडा आइपुगेका पुनले त्यसै दिन साँझ बुद्ध चोकमा साढे २ घण्टामा ४ सय वटा पुस्तक बिक्री गरेको सुनाए।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ नदिएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो साता हेटौंडा र आसपासका विभिन्न टोलमा घुमिरहेका छन्। उनले यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार र सञ्चालनमा लगाउने बताए।

डा. पुनको अभियानमा युवाहरूको उल्लेख्य साथ देखिएको छ। उनीहरूले महावीर र उनको पुस्तकसँग फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। डा. पुनले पनि पुस्तक बिक्रीका क्रममा देशभरबाट पाएको माया, स्नेह र सम्मान निकै अतुलनीय रहेको प्रतिक्रिया दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]