विराटनगर, भदाै ८ विराटनगर शिक्षादीप कलेज अगाडी रहेको ड्रेस रुम आउटलेटमा रु ५०० देखीनै अव छानीछानी लुगाहरु पाइने भएको छ । सो कुराको जानकारी ड्रेस रुमकी प्रोपाइटर रेजी शाहीले गराएकी छिन् । विराटनगर १० भुमी प्रशासन रोडमा औपचारिक रुपमा शनिवारबाट ड्रेस रुम खुलेको हो ।
द अल्टीमेट फेशन एक्सपिरियन्स स्लोगनसहितको यो पसलमा पूर्णतः लेडिज वेयर उपलब्ध रहने कुराको जानकारी ड्रेस वेयरकी प्रोप्राइटर रेजी शाहीले जानकारी पनि दिइन् । साथै यहाँस्थित पसलमा लेडिज वेयरका लेटेष्ट आइटम अनिवार्य रुपमा पाइने हुँदा पनि यो पसल अरुभन्दा भिन्नै अनि खास छ । उमेर समूहकै कुरा गर्दा १६ देखी ४० आसपासका सम्पूर्ण महिलाहरुका लागि यहाँ रोजेको खोजेको लुगाहरु समेत पाइने गरेको कुरा संचालिका शाहीले बताइन् ।
बजारमा चलेको मूल्यभन्दा सस्तो , राम्रो अनि टिकाउ भरपर्दोको लागि ड्रेस रुमनै सवैभन्दा उत्तम रहेको संचालिका शाहीेले जानकारी गराइन् । ड्रेस रुम नजिकमा विराटनगरका चल्तीका कलेजहरु ,शिक्षा दीप , सगरमाथा , अरनिको , कान्तिपुर , ग्रीनल्याण्ड लगायतका भएकै कारण पनि यस ड्रेस रुममा टिनएज ग्रुपका विद्यार्थीहरुको राम्रै भीडभाड रहने देखिन्छ ।
साथै तीज लगायत ठूला ठूला चाडवाड नजिकिएसँगै पसलको चहलपहलमा निकैनै तीव्रता आउनेमा संचालिकाको विश्वास छ । यसका अलावा ड्रेस रुमकी प्रो. रेजी विगतदेखीनै इ कमर्शमार्फत मार्केटिङ गरिरहेको अनुभव सँगै , इन्स्ट्राग्राम , टिकटकमा राम्रो फलोअर भएको लगायतका कारणले गर्दापनि यस पसलले विराटनगरमा राम्रै स्पेश लिने देखिन्छ ।