०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

झापामा महिला उद्यमीकाे ‘तीज विषेश कार्यक्रम’ सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, भाद्र २०, २०८१

झापा, भदौ २० । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् ।  झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको अवसर पारेर महिला अधिकारकर्मीसहित महिला उद्यमीलाई सम्मान गरिएको छ ।  अधिवक्ता लक्ष्मी खनाल कोइराला ( नारी सम्मान) र महिला उद्यमी शर्मिला अधिकारी (युवा महिला प्रोत्साहन पुरस्कार)  प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोला, विशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने सहितले सम्मान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी निर्बतमान महिला उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रममा  भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ, एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाली कांग्रेसकी नेतृ रञ्जीता कार्की लगायतले शुभकामना दिएका थिए । यसैबीच महिलाहरुलाई सामुहिक रुपमा दर समेत खुवाइएको थियो ।
सञ्चारकर्मी तथा महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया,बिर्तामोड उद्योग वााणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली, लगायतको आतिथ्य रहेको थियो ।
त्यस्तै तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमकै बीच महिला उद्यमी समूहकी सदस्य कविता पोखरेलले आफ्नो जन्मोत्सवको अवसर पारेर ‘व्यवसायी राहत कोष’का लागि ११ हजार रुपैयाँ प्रदान गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]