०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

वाइफाइ रिचार्जको विवादले लियो पत्नीकाे ज्यान

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, भाद्र २६, २०८१

जनकपुर, २०८१, भदाै २६। बाराको निजगढमा एक दुःखद घटना घटेको छ जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। घटनामा उनका दुई छोरीहरू पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले आफ्नी ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पा प्रहार गरी हत्या गरेका हुन्। आमालाई बचाउन खोज्दा उनका १८ वर्षीया जेठी छोरी गंगा र १५ वर्षीया कान्छी छोरी जमुना पनि घाइते भएका छन्। गंगाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घटना मंगलबार साँझ साढे ७ बजेतिर भएको थियो। मादक पदार्थ सेवन गरेर घर फर्केका विमल र उनकी श्रीमतीबीच वाइफाइ रिचार्जको विषयमा विवाद भएको थियो। श्रीमतीले रक्सी खान पैसा हुने तर वाइफाइ रिचार्ज गर्न नहुने भनेपछि विवाद चर्किएको र विमलले खुर्पा प्रहार गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]