०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

बुद्ध एयर संचालकमाथि “ज्यान मार्ने धम्की”: न्यायको पर्खाइमा वीरेन्द्र बस्नेत

सहोदर भाइबाटै ज्यान जाेगउदै वीरेन्द्र
Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर, असाेज २ । ज्यान मार्ने धम्की पाएका बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेत अहिले शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै अदालतमा प्रशासनविरुद्ध मुद्दा लडिरहेका छन्। अंशबण्डाको विवाद चलिरहेको बस्नेत परिवारमा सहोदर भाइ शिवेन्द्र बहादुर बस्नेतले विभिन्न समयमा आफूलाई ज्यान मार्ने धम्की दिँदै आएको दाजु वीरेन्द्रको भनाइ छ। गत वर्षदेखि भाइ शिवेन्द्रबाट तारन्तार ज्यान मार्ने धम्की आउन थालेपछि शान्ति सुरक्षा पाऊँ भन्दै दाजु वीरेन्द्रले प्रहरी प्रशासनलाई गुहारेका थिए।

गत वर्ष २०८० कार्तिकमा ललितपुरस्थित बुद्ध एयरको कार्यालयमा भाइ शिवेन्द्रले आएर आतंक मच्चाएपछि शान्तिसुरक्षा प्रत्याभूति गरिपाऊँ भन्दै दाजु वीरेन्द्रले ललितपुर प्रहरीसमक्ष निवेदन समेत दिएका थिए। विवाद बढ्दै गएपछि मोरङमा रहेको पुस्तैनी खेतीमा कामको सिलसिलामा वीरेन्द्र पुग्दा त्यहाँ समेत भाइ शिवेन्द्रले गोली हानी हत्या गर्ने योजना बनाएको दाजु वीरेन्द्रले थाहा पाए। भाइ शिवेन्द्रबाट मोरङमा पनि असुरक्षित भएपछि दाजु वीरेन्द्रले गत पुस १९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पनि शान्तिसुरक्षाको लागि निवेदन दिएका थिए।

तर सो निवेदन उपर चित्तबुझ्दो सुनुवाइ नभएपछि वीरेन्द्रले उच्च अदालत विराटनगरको ढोका ढकढकाए। २०८१ वैशाखमा शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै मोरङ प्रहरी प्रशासनलाई विपक्षी बनाएर वीरेन्द्रले परमादेश जारी गरी पाऊँ भनी उच्च अदालतसमक्ष निवेदन दिए। वैशाखमा दिएको निवेदनको उपर अहिलेसम्म सुनुवाइ भएको छैन। पछिल्लो पटक भदौ ३१ गते तोकिएको पेशी समेत भाइ शिवेन्द्रको अनुरोधमा सारिएको छ।

उता उच्च अदालत पाटनमा समेत बस्नेत दाजु-भाइबीच अंशसम्बन्धी मुद्दा चलिरहेको छ। दाजु वीरेन्द्रले आफूलाई जालसाझी गरी बुद्ध एयरबाट बेदखल गर्न खोजेको भाइ शिवेन्द्रको भनाइ छ। उता वीरेन्द्रले भने भाइले आफ्नो धेरै अंशहरू विभिन्न प्रोजेक्टमा डुबाइसकेको र बुबाको देहावसानपछि कम्पनीमा उसको केही पनि हिस्सा नरहेको दाबी छ।

भाइ शिवेन्द्र हाल अमेरिकाका ग्रीन कार्ड होल्डर हुन्। बुद्ध एयरमा शिवेन्द्रको श्रीमती र सन्तानको नाममा शेयरहरू भने रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]