०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

झापामा फुलबारी मेला आजदेखि शुरु, व्यापारीको चहलपहल

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्।

फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत शुरु गरिसकेका छन्। मेलामा दिउसो १२ बजेदेखि बेलुकीको ७ बजेसम्म अत्याधिक भीडभाड हुने गर्दछ।  नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित यस मेलाका लागि जुलेबीका ८० वटा स्टल बुक भइसकेको छ।  त्यसैगरी चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टल पनि बुक भइसकेका छन्।

फुलबारी माविको खुला दश बिघा क्षेत्रफलमा लाग्ने यो मेलामा कुल ४०० भन्दा बढी व्यापारीले सहभागिता जनाउने अनुमान गरिएको छ। व्यापारीहरुकाे लस्कर ठाँउ माग्नकाे लागी विहानदेखी आईरहेकाे र  स्टक बुक गर्ने क्रम अहिलेपनि जारी रहेकाे आयाेजकले जानकरी दिएकाे छ । ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रदर्शनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ र झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँछन्।

मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरू सहभागी हुन्छन्। मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने र ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]