काठमाडौं ,चैत ४ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ । पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ कायम गरेको छ । यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० […]
विराटनगर ,चैत्र ३ विराटनगरमा चैत्र ५ गतेबाट विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्सले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपो आयोजना गर्न लागेको जानकारी गराएको हो । आयाजकले एक्सपोमा नेपालका विभिन्न १५ वटा ब्रण्डका जुत्ताचप्पल राखिने जनाएको छ । वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए […]
विराटनगर ,चैत्र २ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारत जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । को १ ख ५९१२ नम्बरको ट्याङ्करले भारत फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । भारत अररिया मिरगञ्ज बस्ने […]
विराटनगर, चैत्र २ चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले आइतबार विराटनगरमा दोस्रो चौमासिक समिक्षा गोष्ठि गर्दै हालसम्मको प्रगति सार्वजानिक गरेको हो । लेवल नलगाई खाद्यवस्तु तथा गुणस्तरहिन खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध खाद्य प्रविधि तथा गुणनियन्त्रण […]
विराटनगर ,चैत्र १ सरकारले कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धि गरेको भन्दै नेपाल कुखुरा पालक किसान संघले मूल्य फिर्ताको माग गरेको छ । दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रीतशत मूल्य वृद्धि गरेको भन्दै उनीहरुले फिर्ताको माग गरेका हुन । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष झनकप्रसाद पौडेलले बिनाकारण मूल्य […]
काठमाडाैं, फागुन २९ रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ । विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो […]
विराटनगर २८ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैकले ल्याएको मौदृक नितिलाई निजि क्षेत्रले आत्मासाथ गरिदिएको कारण महामारी लगतै आर्थिक क्षेत्र सुधार आएको बताएका छन् । उद्योग संगठन मोरङको ४८ औ वार्षिक साधारण सभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले कोभिड १९ पछि आपसी सहयोगको कारण चाडै आर्थिक सुधार सम्भव भएको बताएका हुन। […]
विराटनगर ,फागुन २८ प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा […]
विराटनगर २४ फागुन प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार एव विराटनगरका उद्योगी मोतीलाल दुगडले शक्तिको दुरुपायोग गरेर कानुन विपरित भारतीय चर्चित भुजियाकोे हुबहु नक्कल गरेर उपभोक्ता झुक्याइ रहेका छन् । शक्तिको आडमा भारतीय विकानेर भूजिय कम्पनीको नक्कली सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएका हुन । दुगडले मुङदाल, कुछकुछ र […]
विराटनगर २० फागुन राजस्व अनुसन्धान विभागले बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । विभागले बाबा फ्लोर मिल्स प्रालिकै सञ्चालक सुमन राठी र कम्पनीका मेनेजर गिरधारीलाल अग्रवाल र सुरेश विरुद्ध राजस्व चुहावटको मुद्दा लगाएको हो । उनीहरु विरुद्ध १५ करोड ३६ […]