काठमाडौं, भाद्र ७ पाकिस्तानले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेको छ। भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंमा अयोजित दुईदिने नेपाल भारत संयुक्त आयोगको बैठक सकेर बिहिबार भारत फर्किए लगतै पकिस्तानबाट नेपालको परराष्ट्रमा फोन आएको थियो । फोनमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वान टु वान वार्ता गरेका थिए । फोनवार्तामा कुरैशीले कश्मीरको पछिल्लो […]
काठमाडौं, भाद्र ४ भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर आएका हुन् । जयशंकरले बैठक सुरु हुनुभन्दा अगाडि नै […]
काठमाडौं , भदौ ३ प्रदेश २ का अध्ययक्ष प्रभु साहले नेकपाबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा दिएका हुन् । स्थायी कमिटीमा नाम नपरेपछि साह असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । प्रदेश र जिल्लाले गरेको निर्णयमा केन्द्रले हस्तक्षेपकारी भुमिका खलेकोले […]
काठमाडौं, भाद्र २ नेकपामा माधवकुमार नेपालको तेस्रो वरियता खोसि चौथोमा पुर्याईएको छ । आईतवार बालुवाटरमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । यस निर्णयसँगै नेपाल अब चौथो नम्बरमा पुगेका छन् । एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो […]
काठमाडौं,भदौ १ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद अर्को निर्वाचनसम्म नजाने उद्घोष गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उक्त खुलासा गरेका हुन् । उनले भने ‘सबैको पद जान्छ मेरो पनि पद जान्छ तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ’ उक्त अभिव्यक्ति पश्च्यात अब […]
दिनेश खड्का रुकुम, श्रावण ३१ विप्लव नेतृत्वको चार कार्यकर्ताले आत्मसर्पण गरेका छन्। शुक्रबार रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गर्नेमा रोल्पाको थवाङ गाउँपालिकाका-१ घर भइ हाल भूमे गाउँपालिका-२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर,भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर र १९ वर्षीय […]
काठमाडौं, श्रावण ३१ नेकपाले केन्द्रीय कार्यालयका सचिवहरुसहित सातै प्रदेशका सहइन्चार्जहरुको टुंगो लगाएको छ । शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले उक्त पदपुर्ति गरेको हो । बठैकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको छ । त्यस्तै सातवटा प्रदेशमा दुई–दुईजना सहइन्चार्ज तोकेको छ । यसअघि पनि सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका […]
रुपन्देहि, श्रावण ३१ प्रदेश नम्बर ५का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको छ । रुपन्देहि सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा पेट्रोल बम भएको हो । प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्लाका अनुसार घरमा पार्किङ गरि राखिएको गाडिको […]
काठमाडौं,श्रावण २७ प्रधानमन्त्री केपी शर्मा ओली आज सिगांपुरबाट फर्किएका छन् । उनी १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि नियमित स्वास्थ्य परीक्षणका लागि श्रावण १८ गते सिगांपुरा गएका र्थि र सेनावाट ग्रहण गरिने सलामीको जनस्थरबाट अध्याधिक आलोचना भएपछि उनले यसपटक त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सलामी ग्रहण भने गरेनन् । प्रधानमन्त्रीले […]
झापा, श्रावण २७ झापाको विर्तामोड नगरपालिकाको ७, ८ र ९ वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको छ । सोमबार विहान साढे चार बजे वडा तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकार दिए । ‘सोमबार विहान साढे चार बजे तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको हो,’ डिएसपी […]