०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

आर्थिक

‘ ट्रेड पोर्टल’ सम्बन्धि अभिमुखिकरण

विराटनगर ६ चैत्र । व्यापार तथा निकास सम्बन्धि सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल ट्रेड पोर्टल’ को विषेशता मोरङका उद्योगी:व्यापारी तथा भन्सार एजेन्टहरुलाई बुझाइएकोे छ । व्यापार तथा निकासी प्रवद्धन केन्द्रले शुक्रबार विराटनगरमा अभिमुखिकरण कार्यक्रम गरेर उनीहरुलाई बुझाएको हो । आयात निर्यात गर्ने र गर्न चाहने व्यवसायीहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी पोर्टलमा राखिएको छ । अभिमुखिकरण कार्यक्रममा […]

विराटनगर चैत्र ६ कोभिड १९ पछि लयमा फर्कन प्रयासरत आर्थिक क्षेत्रलाई सहयोग पुग्ने गरि विराटनगरमा जुत्ता चप्पल मेला सुरु भएको छ । नेपाली उद्योगले उत्पदन गरेका जुत्ता चप्पलको प्रवद्धन हुने गरि विगत तिन वर्ष देखि संचालन हुदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिएको हो । नेपाली उत्पादनसँग नेपाली उपभोक्तालाई मेलाले प्रत्यक्ष जोडने आयोजकको भनाई […]

विराटनगर, चैत्र ५ चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश १ प्रहरीले २७ करोड राजश्व संकलन गरेको छ । प्रदेश १ प्रहरी कार्यालय अन्तरगत १४ जिल्लामा रहेका कार्यालयले चलाएको मुद्दा बापत उक्त रकम संकलन भएको हो । चालु आर्थिक बर्षको ८ महिनामा ४ हजार ६ सय ८९ वटा विभिन्न शिर्षकमा मुद्धा चलाएको थियो । मुद्धा दर्ता […]

काठमाडौं , चैत ४ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ खर्ब ४८ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले यसै हप्ता मन्त्रालयलाई आगामी वर्षहरुको लागि बजेट सिलिङ पठाएको हो । मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा आगामी वर्ष सडक विभागका लागि १ खर्ब १६ अर्ब बराबरको […]

विराटनगर,चैत्र ४ कुनै पनि कम्पनीले अरु कम्पनीसँग लोगो र डिजाइन मिल्नेगरी ट्रेडमार्क प्रयोगमा ल्याउनु गरैकानुनी काम हो । तर नेपालका विभिन्न कम्पनीहरुले एकअर्काको ट्रेडमार्क चोरी गरिरहँदा पनि सरकारको अनुगमन नीति फितलो भएको कारण उत्पादकहरूको ट्रेडमार्क कपिराइटको अधिकार सुनिश्चित नभएको देखीन्छ । ट्रेडमार्क प्रयोग बारे अनुगमन तथा नियमन गर्ने सरकारी निकाय उद्योग विभाग समेत उक्त विषयमा मौन […]

विराटनगर ४ चैत्र । सरकारले निजि क्षेत्रमा कार्यरत मजदुरहरुको लागी विभिन्न योजना सहित तिन वर्ष अघि ल्याएको सामाजिक सुरक्षा कोष प्रति मजदुरहरुले गुनासो गरेका छन् । कोषको कार्यविधिको दोश्रो संसोधन पछि विराटनमा भएको उद्योगी:व्यापारी,मजदुर र कोष विचको त्रिपक्षीय अन्तरक्रियामा उनीहरुले गुनासो गरेका हुन । अन्तरक्रियामा सहभागि मजदुर नेताहरुले कोषको विषयमा मजदुरहरु अझै अनविज्ञ रहेको जिकिर […]

काठमाडौं ,चैत ४ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ । पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ कायम गरेको छ । यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० […]

विराटनगर ,चैत्र ३  विराटनगरमा चैत्र ५ गतेबाट विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्सले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक्सपो आयोजना गर्न लागेको जानकारी गराएको हो । आयाजकले एक्सपोमा नेपालका विभिन्न १५ वटा ब्रण्डका जुत्ताचप्पल राखिने जनाएको छ । वैशाख ५ गतेसम्म फुटवेयर एक्सपो हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए […]

विराटनगर ,चैत्र २ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारत जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ । को १ ख ५९१२ नम्बरको ट्याङ्करले भारत फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । भारत अररिया मिरगञ्ज बस्ने […]

विराटनगर, चैत्र २ चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले आइतबार विराटनगरमा दोस्रो चौमासिक समिक्षा गोष्ठि गर्दै हालसम्मको प्रगति सार्वजानिक गरेको हो । लेवल नलगाई खाद्यवस्तु तथा गुणस्तरहिन खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध खाद्य प्रविधि तथा गुणनियन्त्रण […]