०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

आर्थिक

तीनवर्ष भित्र प्रदेश १मा के के भयाे प्रगति ?

विराटनगर, फागुन ३ प्रदेश १को सरकारले तीनवर्ष भित्र प्रदेशमा भएको प्रगतिको विवरण सार्वजानिक गरेको छ । सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश सरकारको सोहि प्रगति विवरणको पुस्तिका सार्वजानिक गरेका छन् । उक्त पुस्तिकामा २ सय २० बुद्धामा प्रदेश सरकारले तीनवर्ष भित्र गरेको प्रगतिको बारे उल्लेख गरीएको छ । प्रगति विवरण अनुसार तीनवर्ष अवधीमा १२३ वटा […]

विराटनगर, फागुन १ भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको बन्ने भनीएको पूर्वाेत्तर सीमान्त रेलमार्ग अबको दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । भारत सरकारको सहयोगमा बन्न लागेको उक्त रेलवे लाइन सन् २०२२ सम्ममा सम्पन्न भैसक्ने पूर्वाेत्तर सीमान्त रेल मण्डलका प्रबन्धक रविन्द्रकुमार बर्माले जानकारी दिएका छन् । भारू ३ अर्ब ७६ करोडको लागतमा बन्न लागेको उक्त रेलवे लाइन […]

विराटनगर, माघ ३० मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. ४ र ५ मा रहेको लोहन्द्रा खोलाबाट गाउँपालिकाका कर्मचारी र व्यवसायीको मिलेमतोमा मापदण्डविपरीत खोला उत्खनन गरी बालुवा र गिटी निकाल्ने काम तीव्ररूपमा भइरहेको छ । खोलामै क्रसर उद्योगीदेखि व्यवसायीले अवैधरूपमा नदी दोहन गरिरहँदा पनि सरोकारवाला निकाय, स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत मौन देखिएका छन् । नदी […]

काठमाडौँ, २९ माघ नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार ग्यास प्रती सिलीन्डर १ हजार ४ सय , पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ,  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनमा भने निगमले मूल्य यथावत् नै राखेको छ ।

विराटनगर, माघ २७ मुलुकको प्राकृतिक स्रोतको उपभोगबाट एक वर्षभित्र साढे ५ अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ । आर्थिक वर्ष २०७६ र ७७ मा कुल ५ अर्ब ४३ करोड ९ लाख ३८ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार एक वर्षको अवधिमा बाँडफाँट भएको रोयल्टीबाट […]

विराटनगर, माघ २४ विराटनगर नाकाबाट यस आर्थिक वर्षमा ३ गुणा बढी भटमासको तेल भारत तर्फ निर्यात भएको छ । गत आर्थिक बर्ष र यस आर्थिक बर्षको दोस्रो त्रैमासिक बिवरण तुलना गर्दा निर्यात ३ गुणा बढोको पाइएको हो । विराटनगर भन्सार कार्यालयलका अनूसार गत आर्थिक वष २०७६–७७ को पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७० लाख […]

बिराटनगर, माघ २४ बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो । सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए […]

विराटनगर, माघ १४ विराटनगरमा संचालित अमन हार्डवेयर करछलीको विवादबाट उम्कन नपाउदै पुनः आर्को विवादमा तानिएको छ । उक्त हर्डवेयरका संचालक राजेन्द्र कुमार अग्रवालले कर मात्र छल्ने हाईन, विभिन्न निमार्णका समानहरु अवैध भण्डारण गरेर समयानुकूल कालोबजारी गर्ने गरेको नयाँ रहस्य खुलासा भएको छ । स्रोतले दिएको जानकारी अनुसार अग्रवालले दुई महिना अघि ६८ रुपैयाँ प्रति केजीमा […]

विराटनगर, माघ १२ विराटनगरको एक व्यापारी घराना लकडाउनको बेला व्यापक राजस्व छलीमा संलग्न भएको पाईएको छ । विराटनगरका व्यापारी तीन दाजुभाई दिनदयाल गोयल, गणेश गोयल र हंशराज गोयल उक्त कार्यमा संलग्न भएको पाईएको हो । ०७६ चैत्र ११ गतेबाट सरकारले लकडाउन लगाए सँगै प्राय व्यवसाय बन्द भए पनि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीका उद्योग तथा […]

विराटनगर, माघ ७ विराटनगरमा संचालित अमन हार्डवेयरले कराेडौंको राजस्व छली गरेको खुलासा भएको छ । उक्त हार्डवेयरको संचालक राजेन्द्र अग्रवालले न्युन बिक्रि विवरण बुझाएर भ्याट र आयकर बापत तिनुपर्ने करोडौं रुपैयाँ छली गर्दै आएको स्रोतको दावी छ । अग्रवालले गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ करोड मात्र कारोबार भएको फर्जी विवरण बुझाएका थिए । स्रोतका […]