०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

आर्थिक

काेरोना सहयोग कोषमा उद्योगी राउतद्धारा ११ लाख सहयोग

विराटनगर, चैत्र ११ विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैयाँ सहयोग गरेका छन् । सम्भावित जोखिमबाट बच्न प्रदेश नं १ को सरकारले बनाएको कोषमा राउतले सोमबार उक्त रकम जम्मा गरेका हुन् । राउत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत हुन् । यसैबीच राउतले नेपाल उद्योग […]

काठमाडौं, चैत ५ कोरोनाको प्रकोपले व्यापार ओरालो लागेको भन्दै बानेश्वरका व्यापारीहरुले घर बाहलमा ५० प्रतिशत छुटको माग गरेका छन् । उक्त मागलाई मध्यनजर गर्दै नयाँ बानेश्वर व्यापार व्यवसायी सँघले घरधनीसँग ५० प्रतिशतसम्म छुटका लागी अनुरोध गर्ने आज सांगठनिक निर्णय गरेको छ । संघका अध्यक्ष रामशरण गिरीले कोरोनाको प्रक्रोप निरुपण नहुनजेल भाडा घटाउनु पर्ने हिसाबले संघले […]

विराटनगर, चैत ४ आर्थिक बर्षको अन्त्यमा धमाधम ठेक्का लागाउने प्रवृतिलाई प्रदेश १को सरकारले अन्त्य गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मालिला मन्त्री इन्द्र आङ्बोले नितिगत रुपमा नै प्रदेश सरकारले उक्त समस्याको समाधान गर्न लागेको बताएका छन् । त्यसका लागी चैत महिनापछि कुनैपनि विकास निर्माणका आयोजनाको टेण्डर नलगाउने र योजनाहरुको सम्झौता समेत नगर्ने सरकारको निति […]

✍ दिनेश खड्का विराटनगर, चैत १ मोरङको बुढीगंगास्थित शिवम् प्लाष्टिक उद्योगमा केहि दिन अघि (फागुन २८ गते) भएको आगलागी शुनियोजित भएको आशंका गरिएको छ । उक्त उद्योगका संचालकमा बासु गोल्यान, देवेन्द्र अग्रवाल र विजय तोदी छन् । उद्योगमा गोल्यानको ६५ प्रतिशत, अग्रवालको २५ प्रतिशत र तोदीको १५ प्रतिशत हिस्सा छ । तर उद्योग संचालनमा संचालकहरुबिच […]

विराटनगरको मुख्यबजारमा रहेको न्यू संजय ट्रेडर्सले व्यापक करछली गर्ने गरेको रहस्यको खुलासा भएको छ । मासिक करौडौंको कारोवार गर्ने उक्त फर्मले करोबार अनुसार कर दाखिला नगर्ने गरेको स्रोतको दावी छ । उक्त फर्मका संचालक विराटनगरका व्यापारी अजय वैद्य हुन् । सो फर्मवाट काजुबदाम लगाएतका ड्राइफुड्स बिक्रिवितरण हुने गरेको छ । स्रोत भन्छ “अूजय वैद्यको दोकान […]

विराटनगर, फागुन १ विराटनगरमा हुन लागेको विराट एक्स्पो २०७६मा यसपटक बरमझियाको पेडा समेत पाईने भएको छ । आयोजक उद्योग संगठन मोरगले बुधबार एक्स्पोको तयारी बारे पत्रकारहरुलाई बताउँदै एक्स्पोमा बरमझियाको पेडा राखिने जानकारी गराएको हो । सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझिया गाँउमा पाइने पेडाको स्वादको प्रंशसा देशै भरि हुने गर्दछ । पुर्वबाट काठमाडौं तर्फ जानेहरुले बरमझियाको पेडालाई […]

काठमाडौं ,माघ २१ श्रीमा डिस्ट्रिब्यूसन नेपाल प्रालिले पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट भित्र्याएको एउटा गाडीमा भन्सार कार्यालय र विभागले निहुँ खोजेपछि व्यवसायी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । गत माघ १४ गते वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास स्वीकृत भएर काठमाडौं ल्याउँदै गरेको गाडी धादिङमा गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएर वीरगञ्ज नै पुर्‍याइएपछि विवाद देखिएको छ । सबै कागजात […]

विराटनगर, माघ १० अवैध मधिरा ओसार पोसारमा प्रयोग भई जफत गरिएका पाँच दर्जनभन्दा बढी मोटरसाईकल आन्तिरक राजस्व कार्यलय (आराका) मोरङमा विगतको पाँच वर्षदेखि थन्किरहेको छ । समयमै लिलाम नगरिदा प्राय सवै मोटरसाईकलहरु जिर्ण बनिसकेका छन् । पक्राउ परेर थन्किएको अवस्थामा केही स्कुटरहरु पनि छन् । लामो समयदेखि थन्काएर राखिएका थुप्रै सवारी साधनहरु जिर्ण भईसकेका छन् […]

विराटनगर, माघ ५ रोयल मार्बल प्रालि कम्पनीले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिएको छ । विराटनगर धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालिको राजस्व कार्यालय विराटनगरले कागजात नियन्त्रण लिई कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ । उक्त कम्पनीले राज्यको विभिन्न निकायबाट राजस्व तथा कल छली गर्ने गरेको […]

विराटनगर, माघ २ विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षक नियुक्ति लिएका छन् । उनलाई महानगरपालिकाको शिक्षा शाखाले उक्त नियुक्ति दिएको हो । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । प्रधान एर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ मा.वि. र मदरसा फैजुनवि विद्यालयमा […]