विराटनगर, चैत १३ । विराटनगर ३ दुध फारम नजिक हाइवेमा रहेकाे हिलटन रेष्ट्राेको शुभारम्भ आउँदो शुक्रवार हुने भएको छ । सो कुराको जानकारी संचालक चमेशराज ढकालले दिएका छन् । हाललाई कुनै तामझाम विना सामान्य तरिकाले सफ्ट ओपेनिङ गर्न लागिएकाे संचालक ढकालले जानकारी दिएका छन् । संचालक ढकालका अनुसार दुबईमा लामाे समय काम गरेर फर्किएका सेफ […]
विराटनगर, चैत ९ फेक भिडियो बनाएर आफ्नो उत्पादनलाई बदनाम गराउन खोजेका भन्दै सेलो तेलको उत्पादक बागमती आयल ईण्डसट्रिजले प्रहरीमा उजुर दिएको छ । सेलो ब्राण्डको सुर्यमुखी तेलमा कैफियत भेटिएको भन्दै मंगलबार एक फेसबुक पेजले भिडियो पोष्ट गरेको थियो । जुन भिडियोमा एउटा कन्ती देखाईएको छ, त्यो कन्तीमा लस्साजस्तो पदार्थ टाँसिएको छ र एक व्यक्तिले सेलो […]
विराटनगर,३ चैत्र / विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको […]
काठमाडौँ,२ चैत्र । गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लामो अध्ययन र जाँचबुझ गरेको छ। […]
काठमाडौँ ,२४ फाल्गुन । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ। बिहिबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला रु १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो। नेपाल […]
विराटनगर, फागुन २४ । विराटनगरमा सबै जातजातिको पहिरनहरु एकै छानामुनि पाइने पहिलो स्टोरको खुलेको छ । महिविर रोडको मुखैमा खुलेको न्यू राष्ट्रिय पोषाक घरले नेपालको विभिन्न जातिय पहिरनको बिक्रि शुरु गरेको हो । बिहिबार न्यू राष्ट्रिय पोषाक घरको ग्राण्ड ओपोनिङ समेत भएको छ । आपेनिङको साताभरि स्टोरले ग्राहकलाई १५ प्रतिशत छुटदिने योजना समेत ल्याएको छ […]
१५ फागुन, काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा सवा दुई अर्ब कर्जा प्रवाह गरेकाे ठहरसहित मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेकाे हाे । साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका […]
माघ २६, विराटनगर । विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले शुक्रबार आफ्नाे ५६औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ । स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले पूर्व […]
विराटनगर, माघ २७ विराटनगर ६ सरौचिया रोडमा अवस्थित नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर जारी रहेको छ । सो कुराको जानकारी नाइस विरयानीका प्रमुख व्यवस्थापक राशिद कमालले दिएँ । कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको […]
विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ । संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले सम्झौता पत्रमा हस्ताक्षर […]