Fine Gold | 1 Tola | NRs. 176700 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2055 |
काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]
बिराटनगर, फागुन १२ । पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ । स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]
काठमाडौँ ,२२ माघ । सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]
विराटनगर, २१ पुस । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै सो प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, […]
काठमाडौँ ,११ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । ‘संघीय अस्पतालको […]
विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ । विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य […]
सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको […]
विराटनगर,श्रावन १ । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ । यो १२ देखि ३६ घण्टामा देखिने गर्छ […]
विराटनगर, असार २८ । कोशी अस्पतालले आफ्नो सेवामा उल्लेखनीय प्रगति हासिल गरेको छ। हालै, अस्पतालमा पहिलो पटक फेको प्रविधि प्रयोग गरी मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। यो उपलब्धि अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहको नेतृत्वमा भएको विभिन्न सुधारहरूको परिणाम हो। मोरङको ग्रामथान गाउँपालिका-६ निवासी ६७ वर्षीय भूमिप्रसाद रेग्मी यस अत्याधुनिक प्रविधिबाट लाभान्वित हुने […]
काठमान्डौंँ,१२ जेठ ।डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी […]