०८ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat

समाचार

खोलामा रञ्जनाको शव भेटियो

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको विषयमा यातना खेप्दै आएकी एक नेपाली चेली, भारतमा मृत अवस्थामा फेला परेकी छिन् । नेपालको विराटनगर पिचरास्थित माइती घर भएकी २२ वर्षीय रन्जना सहनी (बहरदार)को मृत शरिर आज भारितय प्रहरीले भट्टाएको छ । दुई दिनदेखि बेपत्ता रहेकी रञ्जनालाई खोज्ने क्रममा प्रहरीेले आज भारतको जोगवनीदेखि करिब ३ किलोमिटर […]

काठमाडौं, २५ असोज चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आईपुगेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । राष्ट्रपति सी भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत साझको करिव ५ बजे काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले विभानस्थलमै […]

विराटनगर, असोज २४ लाईभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा भव्य कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । विराटनगरको जैन भवनमा यही कार्तिक ८ उक्त कार्यक्रम हुने बताईएको छ । कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा […]

कञ्चनपुर, आसोज २३ कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी बालात्कारको आरोपमा पक्राउ परेका छन् । एक स्थानीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हाल उक्त घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् ।

विराटनगर, आसोज २३ चिनियाँ राष्ट्रपति सी जिनपिङ यही शनिबार नेपाल आउने पक्कापक्की भएको छ । राष्ट्रपति सी को भ्रमणबारे चिनियाँ परराष्ट्र मन्त्रालयले अधिकारीक जानकारी समेत दिईसकेको छ । राष्ट्रपति सि को सुरक्षालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले ‘थ्रेट एनालाइसिस’ समेत गरिसकेको छ । थ्रेट एनेलाइसिस रिपोर्टका अनुसार ‘फ्री तिब्बत अभियान’ मा संलग्न व्यक्तिले राष्ट्रपतिलाई सी […]

इटहरी, असोज २२ बडा दशैको दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्तिले आत्माहत्या गरेको छन् । तीनै जनाको लास घरभित्र भेटिएको छ । श्रीमान् राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको […]

विराटनगर, असोज २० सामाजिक कार्यमा सर्मपित भारतको ख्वाब फाउडेशनलले विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकीलाई विश्व शान्ति दुतको पदवी दिने भएको छ । यही अक्टोवर १५ तारिक बिहारको पुर्वीय चम्परनमा फाउडेशनले आयोजना गर्न लागेको दुई दिने ग्लोबल गान्धी पिस कन्फरेन्समा इराकीलाई उक्त पद्धवी प्रधान गरिने बताईएको छ । ख्वाब फाउडेशनले इराकलाई इमेलमार्फत उक्त कार्यक्रममा सरिक हुन […]

विराटनगर, असोज १९ केहि वर्षदेखि धुलो र हिलोको समस्याले विराटनगरवासीलाई आक्रान्त बनाएको छ । निर्माणाधीन अवस्थामा रहेको यो महानगरपालिकामा अहिले सडकहरु जताततै भत्काईएको छ । भत्किएका सडकबाट सिर्जित धुलोले नगर धुलाम्मे बन्ने गरको छ भने पानी परेपछि सडक हिड्नै नमिल्ने गरी हिलाम्मे हुने गरेको छ । उक्त विषयमा विराटनगरवासीले चौतर्फी विरोध गरेपछि महानगरपालिकाका मेयर भिम […]

विराटनगर, असोज १९ डिभी भर्नेहरुको लागी यस पटक पासर्पोट र ईमेल आईडी अनिर्वाय गरिएको छ । अनिवार्य पासपोर्ट चाहिने प्रावधानका कारण डिभी भर्नेहरुको संख्यामा कमी आउने अनुमान गरिएको छ । प्रायजसो, कुन देश जाने र के कामको लागी जाने भन्ने माइन्डमेकअप र तयारी गरेपछि मात्र नेपालीले पासपोर्ट बनाउने गर्दछन् । नेपालमा समान्यता पासपोर्ट बनाउनका लागी […]

काठमाडौं, असोज १७ नेपालस्थित राष्ट्रसंघ, अमेरिका, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दै गएको महिला हिंसा बारे चासो देखाएको छ । लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको समेत उनीहरुले नेपाल सरकारलाई स्मरण गराएका छन् । निर्मला पन्त प्रकरणको उदाहरण दिदै हिंसामा परेकाहरुलाई न्यायको प्रत्याभुति गराउन […]