०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

समाचार

सन्थाल बस्ति शिलान्यास गर्न प्रधानमन्त्री उर्लाबारी आउदै

विराटनगर,१८ फागुन मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् । विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० करोड रुपैयाँको लाग्ने अनुमान गरिएको छ । बस्तीको लागि आवश्यक पर्ने सडक, खानेपानी, मनोरञ्जन स्थल, […]

विराटनगर,फागुुन १७ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्का सिफारिसमा अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुुन लागेको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विराटनगर, फागुन १६ विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ । उक्त फोटामा कार्कीले आफ्नो खुट्टा इन्दीरा कार्कीको नेमप्लेट भएका टेबलमाथि रखेको देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर सामाजिक सन्जालमा भाईरल भएको छ । स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की […]

विराटनगर, फागुन १७ गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुल्ला भएको छ । आइतबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरी एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला गरेको हो । जिल्लान्तर सरूवाका लागि सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय […]

विराटनगर,फागुन १६  जनप्रतिनिधिको संलग्नता रहेको क्रसर उद्योगले गाँउ नै जोखिममा परेपछि केरावबारीको आमजङ्गी गाँउबासीले गाँपालीकाको कार्यालय घेराउन गरेका छन् । क्रसर उद्योगले अवैद्य उत्खनन गरेर जोखिम निम्त्याए पछि केराबारीका गाँउपालीका ८ का जनता उद्योग विरुद्ध अन्दोलत भएका हुन ।केराबारी गाँउपालीकाका अध्यक्ष रोहित कार्कीको समेत लागानी रहेको महादेवा मिनरल इन्ड्रष्ट्रिज र शिवम क्रसर उद्योगले खदम खोलामा […]

विराटनगर, फागुन १५ सुनसरीको ईटहरी–२ तालतलैयामा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनमा आउने भएको छ । ६ बिगाह क्षेत्रफलमा फैलिएका उक्त पार्कको सम्पुर्ण तयारी पुरा भएको पार्कका सन्चालकले बताएका छन् । फागुन १७ गतेदेखि उक्त पार्क सर्भसाधारणका लागी सन्चालनमा आउने छ । पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने बताइएको छ । पार्कमा अत्याधुनिक […]

विराटनगर,फागुन १३ विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा बिजेन्द्र परासर निर्वाचित भएका छन् । उनले प्रतिद्वन्दी प्रविण जोशीलाई १ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १७ मतदाताहरुले मतदान गरेकोमा परासरले ९ मत प्राप्त गरेका थिए । बुधबार विराटनगरमा सम्पन्न संघको चौथाै‌ अधिवेशनबाट परासर सहित ९ जना कार्यसमितिमा निर्वाचित भएका छन् । उक्त अधिवेशनबाट […]

विराटनगर, फागुन १३ विराटनगर–७ स्थित जैसानी ट्रेड कन्र्सनको गोदाम उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार शिलबन्दी गरेको छ । उक्त ट्रेड कन्र्सनले पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यवस्तु अहिलेसम्म बिक्री वितरण गरिरहेको पाइएपछि गोदाम शिलबन्दी गरिएको हो । वाणिज्य कार्यालयले बुधबार गरेको अनुगमनमा जैसानी टे«ड कन्सनको गोदामबाट ४० टन म्याद सकिएको रहरको दाल […]

विराटनगर फागुन १३ नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर नजिकैको कटहरी गाउँपालिकामा साप्ताहिक सन्ध्याकालीन बजार सुरु गर्न लागेको छ । उक्त बजारको उदेश्य मोरङ र सुनसरी जिल्लाका किसान, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने रहेको छ । कटहरीकाे कृषी थाेक बजारकाे हाताभित्र स‌चालन हुन लागेकाे साे सन्ध्याकाली बजारमा सागसब्जी, स्ट्रबेरी, मह, […]

काठमाडौं, फागुन १२ अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिका र नेपाल बिचको सम्बन्धलाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै वाइडनले सो प्रतिक्रिया दिएका हुन् । वाइडनले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गरेका छन् । खतिवडाले ओहदाको प्रमाणपत्र बुझाउँदै अमेरिकाले नेपाललाई […]