०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

समाचार

धरानमा आज दिनभर विद्युत अवरुद्ध हुने

धरान, फागुन १२ धरानमा आज विहान ९ बजेदेखि ५ बजेसम्म सम्पुर्ण वडाहरुमा लाइन अवरुद्ध हुन भएको छ । विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने भएको हो । साथै धरान केन्द्रअन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकाको वडा नं […]

काठमाडौं, फागुन १२ प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै भने ’प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला विवादास्पद रहेको र यस फैसलाले राजनीतिक समस्याहरु हल हुन नसक्ने […]

विराटनगर, फागुन ११ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्न आदेश दिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन भनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले उक्त आदेश दिएको हो । सरकारले पुष ५ गते […]

विराटनगर ,फागुन ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजे सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित सुरक्षा परिषदको कार्यालयमा बस्दै छ । उक्त बैठक पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बोलाइएको अनुमान गरेएको छ । तर परिषदका एक अधिकारीले सो बैठक कुनै विषेश कारणले नभएर सरकारको नियमित कार्यसुची अन्तरगत सन्चालन हुन लागेको बताएका […]

विराटनगर , फागुन ११ प्रदेश १मा हर्न बजाउन पुनः निषेधित गरिएको छ । यस अघि २०७५ असोज १ गते प्रहरीले प्रदेश १लाई पुण अनिसेधित क्षेत्र बनाउन खोजेता पनि उक्त अभियान बिभिन्न कारणले गर्दा ठप्प हुन पुगेको थियो । तत्कालीन समय केहि व्यक्तीले उक्त अभियान अव्यवहारिक भएको भन्दै अदालतमा दियर गरेको रिटका कारण समेत उक्त अभियान […]

विराटनगर ,फागुन १० बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी विकास समितिले परीक्षणका लागि आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा भइसकेको बताएको छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे उक्त सुरुङमा पानी हाल्ने कामको उदघाटन गर्ने कार्यक्रम रहेको छ । सिन्धुपाल्चोकको मेलम्ची […]

विराटनगर, फागुन ९ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश भएको हो । प्रचण्ड–माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कानुनी रुपमा पार्टी नफुटेको भन्दै ओली पक्षले सदनमा अवरोध सिर्जना गरिरहेका थिए । तर आज बसेको […]

विराटनगर , फागुन ९ प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशन आज दिउँसो २ बजे बस्ने भएको छ । बिभिन अवरोधका कारण यस अघि दुई पटक स्थगित भएको उक्त अधिवेशन आज पुनः बोलाइएका हो । माघ ७ गते सुरु भएको उक्त अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्र पढेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको […]

काठमाडौं, माघ ९ पुर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई पुनः ओली समूहमा फर्किएका छन् । दम्पतीय जिवन समेत बिताइरहेका तामाङ-राई जाेडी नेकपा दुई समूहमा विभाजित भए सँगसगै सुरुमा ओली समूहमा थिए । ओली समूूहमा एक दिन मात्र बैठक बसी उनीहरु प्रचण्ड–माधव समूहतर्फ जाेडिन पुगेका थिए । अहिले […]

काठमाडौं, फागुन ७ आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । आजकै दिन अर्थात फागुन ७ गते १ सय ४ बर्षे जहाँनियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र बहालीभएको खुशीमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक सो दिवस मनाइँदै छ । आज राष्ट्रपति […]